
काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक र एफवान सफ्ट इन्टरनेशनबीच मोवाइल बैंकिङ सेवा सुरु गर्ने बारे सम्झौता भएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र पौडेल र एफवान सफ्टका बजार तथा बिक्री निर्देशक विपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार अब बैंकका ग्राहकले ब्यालेन्स सोधपुछ, ट्रान्जेक्सन अलर्ट, नोटिफिकेसन एन्ड फन्ड ट्रान्सफर लगायतका सुविधा आफ्नो मोवाइलमै पाउनेछन्। साथै ग्राहकले रिचार्जकार्ड खरिद, नेपाल टेलिकम, एनसेल, ब्रोडलिंक, डिसहोम तथा क्रेडिटकार्डको विल भुक्तानी लगायतका सुविधा पनि मोवाइलबाटै गर्न सक्नेछन्। एफवान सफ्टले सञ्चालन गरेको फोनपे नेटवर्कको सदस्यता पनि बैंकले लिएको छ।

सांग्रिला डेभलपमेन्ट बैंक र बागेश्वरी डेभलपमेन्टबीच मर्ज भएर बनेको सांग्रिला डेभलपमेन्ट बैंकले नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको विकास बैंकको लाइसेन्स प्राप्त गरेको छ। सांग्रिलाले देशका बिभिन्न भेगमा रहेका २४ शाखा मार्फत एक लाख २० हजार ग्राहकलाई सेवा दिँदै आएको छ।
एफवान सफ्ट इन्टनेरशनल मोवाइल तथा इन्टरनेट जस्ता ट्रान्जेक्सन बैंकिङ सेवा प्रवाहमा मुलुककै अग्रणी कम्पनी हो। सन् २००४ मा सञ्चालनमा आएको कम्पनीले नेपाल लगायत सिंगापुर, कम्बोडिया, भारत र बङ्गलादेशमा पनि आफ्नो सेवा सुरु गरि सकेको छ। एक सय ५० भन्दा बढि कर्मचारी कार्यरत कम्पनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका एक सय भन्दा बढि बैंक तथा वित्तिय संस्था र कर्पोरेट हाउसहरुलाई सेवा दिँदै आएको छ।