काठमाडौं । एभरेष्ट बैकले नेपालमा पहिलोपटक उपत्यकाका पाँच स्थानमा क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । बैकले ग्राहकलाई सहज बैकिङ उपलब्ध गराउने उदेश्यसहित क्यास डिपोजिट मेसिन सुरु गरेको हो । यो मेसिनबाट ग्राहकले रकम जम्मा गर्न बैकमा धाउनुपर्ने छैन भने मेसिनबाटै रकम झिक्न पनि सक्नेछन् ।
बैकको पहिलो मेसिनको नयाँ वानेश्वरबाट बैकका प्रमुख कार्यकारी पिके मोहपात्राले शुभारम्भ गरे । बैकले लाजिम्पाट, न्युरोड, पुल्चोक र चावहिलमा यस्तो मेसिन सञ्चालनमा ल्याएको छ ।