न्यून ब्याजदरका कारण मुद्दती निक्षेपमा म्युचुअल फण्डको अरुचि, सेयरमा बढाए लगानी

सुनिल कुँवर
२०८२ असार १६ गते १७:०४ | Jun 30, 2025
न्यून ब्याजदरका कारण मुद्दती निक्षेपमा म्युचुअल फण्डको अरुचि, सेयरमा बढाए लगानी

काठमाडौं। बैंकको ब्याजदर उकालो नलाग्दा मुद्दती निक्षेप सामूहिक लगानी कोष (म्यचुअल फण्ड)को रोजाइमै पर्न छोडेको छ। सेयर बजारमा ठूला संस्थागत लगानीकर्ताको रुपमा रहेका म्यचुअल फण्डले लगानी त्यतैतिर बढाएका छन्।

Tata
GBIME

बन्द र खुलामुखी ४३ वटा म्युचुअल फण्डले सूचीकृत कम्पनीको सेयरमा चालु वर्ष जेठ मसान्तसम्म ३९ अर्ब ३६ करोड ९७ लाख रुपैयाँ लगानी गरेका छन्।

म्युचुअल फण्डले पछिल्लो एक महिनामा सेयर बजारमा २.३६ प्रतिशतले लगानी बढाएका छन्। उनीहरुले जेठमा सेयर बजारमा ९० करोड ९२ लाख रुपैयाँ लगानी बढाएका हुन्। सेयर बजारमा वैशाखसम्म ४३ वटा म्युचुअल फण्डको लगानी ३८ अर्ब ४६ करोड रुपैयाँ थियो।

बैंकको ब्याजदर घट्दा अधिकांश म्युचुअल फण्डले मुद्दती निक्षेपमा लगानी शून्य बनाएका छन्। वाणिज्य बैंकले निक्षेपमा ४.३७ प्रतिशत ब्याज दिइरहेका छन्। कर्जाकै औसत ब्याजदर ८.११ प्रतिशतमा आएको छ। बैंकहरुको ब्याजदर निरन्तर घटेका कारण म्युचुअल फण्डले मुद्दती लगानी बढाएका छैनन्।

मुद्दती निक्षेपमा २२ वटा म्युचुअल फण्डको लगानी शून्य छ। एनआईसी एसिया सेलेक्ट फण्ड र आरबीबी म्युचुअल फण्डले घटाएका छन्। १८ वटाले स्थिर राखेका छन्।

मुद्दतीमा उनीहरुको कुल लगानी १ अर्ब ६४ करोड रुपैयाँ छ। रिलायबल समृद्ध योजनाले मात्रै मुद्दतीमा जेठमा ७ करोड रुपैयाँ लगानी गरेको छ।

म्युचुअल फण्डका योजना व्यवस्थापकहरु बैंकको ब्याजदर घटेका कारण सेयर बजारमा लगानी बढाएको र मुद्दती निक्षेपमा घटाएको बताउँछन्।

‘बैंकको रेट निकै कम छ। म्युचुअल फण्डहरुले लगानी गर्न अरु क्षेत्र पाएका छैनन्। त्यसैले बजारमा लगानी बढाएका हुन्,’ एनआईएमबि एस क्यापिटलका डीसीइओ सचिन्द्र ढुंगानाले भने, ‘समग्रमा इन्डेक्स बढ्न सकेको छैन। तर, बजारमा सेक्टर मुभ भइरहेको छ। त्यसैले म्युचुअल फण्डको आम्दानी पनि बढेको छ।’

म्युचुअल फण्डको सेयरधितो र मुद्दती निक्षेपमा लगानी रु लाखमा

म्युचुअल फण्डसूचीकृत कम्पनीको सेयरमा लगानी (जेठसम्म)सूचीकृत कम्पनीको सेयरमा लगानी (वैशाखसम्म)फरक %मुद्दती निक्षेपमा लगानी (जेठसम्म)मुद्दती निक्षेपमा लगानी (वैशाखसम्म)फरक %
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २१३१०९१२५२८४.६४
प्रभु सेलेक्ट फण्ड१३५१७१३६५३-१४००४००
प्रभु स्मार्ट फण्ड११५२८११०५०४.३३
सिटिजन्स सुपर ३० म्युचुअल फण्ड६२३३६३१०-१.२२४००४००
कुमारी इक्विटी फण्ड८२१२७८६६४.४
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३७९७६७८०५२.१९
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २१२०४२११५८१३.९८१००१००
कुमारी सुनौलो लगानी योजना५४१७४८१३१२.५५
ग्लोबल आइएमई ब्यालेन्सड फण्ड ११०८९३१०७०८१.७३
आरबीबी म्युचुअल फण्ड १११०१७१०७२०२.७७५००७००-२८.५७
हिमालयन ८०-२०९०५३८८५४२.२५१२५०१२५०
सिद्धार्थ इक्विटी फण्ड१५२३३१४४९३५.११
कुमारी धनवृद्धि योजना११२४११०७२७४.७९
एनएमबि म्युचुअल फण्ड ५०११३६५१११८६१.६
आरबीबी म्युचुअल फण्ड २७,८४६७,६०५३.१७७००७००
एनआईबिएल समृद्धि फण्ड २१२५५५१२३३४१.७९
कुमारी सबल योजना७२८३६९५८४.६७
मेगा म्युचुअल फण्ड ११०८२३१०४३६३.७१४००४००
सनराइज ब्लुचिप फण्ड१२२७०१२१४११.०६
लक्ष्मी उन्नति कोष६३२३५६९५११.०३
सिद्धार्थ व्यवस्थित लगानी योजना१४०८८१२७३६१०.६२
मुक्तिनाथ म्युचुअल फण्ड ११०६४०९७७६८.८४६००६००
एनआईसी एसिया ब्यालेन्सड फण्ड४३२७४८३०-१०.४१३००३००
सनराइज फोकस्ड इक्विटी फण्ड९४८५९६५४-१.७५
सनराइज फर्स्ट म्युचुअल फण्ड८०६८७७००४.७८
एनआईबिएल ग्रोथ फण्ड१०४३४१०२९११.३९८००८००
एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड७३९९९१९१-१९.५९६०९६०
एनएमबि सरल बचत फण्ड इ२७९१५२६६०९४.९१८००८००
सानिमा ग्रोथ फण्ड५६२०५६६२-०.७४८००८००
सानिमा लार्ज क्याप फण्ड१०१८३१०१७२०.११६००६००
एमबिएल इक्विटी फण्ड६,३३३४,३७०४४.९२१२००१२००
नबिल ब्यालेन्सड फण्ड ३१०१९६१०४१४-२.०९
एनएमबि हाइब्रिड फण्ड एल २८०४८७३१७९.९९२०००२०००
सिटिजन्स म्युचुअल फण्ड २३७४७५०७१-२६.११
सानिमा फ्लेक्सी फण्ड१५५७१५४४०.८४६८५६८५
रिलायबल समृद्धि योजना१४४४७७१७७५.३२७००
लक्ष्मी भ्यालु फण्ड २७६१९७९९४-४.६९
नबिल ब्यालेन्सड फण्ड २८८९३९०६१-१.८५
नबिल फ्लेक्सी क्याप फण्ड९७३०८९२४९.०३
शुभ लक्ष्मी कोष३२६६३३३८-२.१६
एनआईसी एसिया डाइनामिक डेब्ट फण्ड४९६८४९५२०.३२८००८००
एनआईसी एसिया ग्रोथ फण्ड २५९८९७२०६-१६.८९१२५०१२५०
एनआईसी एसिया सेलेक्ट फण्ड ३०९८१२१०२५३-४.३११७५१३७५-१४.५५

सेयर बजारमा एनएमबि सरल बचत फण्ड इले सबैभन्दा धेरै २ अर्ब ७९ करोड रुपैयाँ लगानी गरेको छ। रिलायबल समृद्धि योजनाले सबैभन्दा धेरै १८.७५ गुणाले बढाएर १४ करोड ४४ लाख रुपैयाँ लगानी गरेको छ।

३० वटा म्युचुअल फण्डले सेयर बजारमा लगानी बढाएका हुन्। १३ वटाले घटाएका छन्। सिटिजन्स म्युचुअल फण्ड २ ले सेयरमा सबैभन्दा धेरै २६.११ प्रतिशतले लगानी घटाएको छ।

फागुनमा सेयर बजार उकालो लागेर २८९० अंकमा पुगेका बेला आम्दानी गरेका म्युचुअल फण्डहरुले चैत र वैशाखमा नेप्से घट्दा गुमाएका थिए।

नेप्से सूचक अहिले २६३१ विन्दुमा छ। तर, पछिल्ला डेढ महिना हाइड्रोपावर कम्पनीको सेयर मूल्य निकै उचालिएको थियो।

हाइड्रोपावर क्षेत्रका कम्पनी लामो समयदेखि उच्च कारोबार हुने कम्पनीको सूचीमा छन्। मूल्य वृद्धि हुने कम्पनीको सूचीमा पनि हाइड्रोपावर नै छन्।

जेठसम्म म्युचुअल फण्डको बैंक मौज्दात ७ अर्ब ४२ करोड रुपैयाँ छ। वैशाखसम्म यस्तो रकम ६ अर्ब ६७ करोड रुपैयाँ थियो।

२४ वटाको बैंक मौज्दात बढेको छ भने १८ वटाको घटेको छ। म्युचुअल फण्डले जति बेला पनि लगानी गर्न रकम बैंक मौज्दातमा राख्ने गरेको योजना व्यवस्थापकहरु बताउँछन्।

म्युचुअल फण्डको बैंक मौज्दात र न्याभ

म्युचुअल फण्डबैंक मौज्दात (जेठसम्म)बैंक मौज्दात (वैशाखसम्म)फरक %न्याभ (जेठसम्म) रुपैयाँन्याभ (वैशाखसम्म) रुपैयाँफरक (रुपैयाँ)
एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २२४२३५३-३१.४४१२.३८१२.२४०.१४
प्रभु सेलेक्ट फण्ड७०४२२६२११.५१२.७४१२.३६०.३८
प्रभु स्मार्ट फण्ड४४७२३५९०.२११२.७८१२.४६०.३२
सिटिजन्स सुपर ३० म्युचुअल फण्ड१७२०१३५८२६.६६११.१९१०.९५०.२४
कुमारी इक्विटी फण्ड३४४३३४२.९९१०.७७१०.५८०.१९
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३११७५११४४२.७१११.९१११.७३०.१८
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २१३७३१४००-१.९३११.८१११.६३०.१८
कुमारी सुनौलो लगानी योजना३८९५१८-२४.९११.७१११.५४०.१७
ग्लोबल आइएमई ब्यालेन्सड फण्ड ११२.३५१२.१८०.१७
आरबिबि म्युचुअल फण्ड १११४२९५१२०.०८११.२११.०३०.१७
हिमालयन ८०-२०१४२७१४००१.९३१२.८२१२.६६०.१६
सिद्धार्थ इक्विटी फण्ड१२९९१७६२-२६.२८११.६८११.५३०.१५
कुमारी धनवृद्धि योजना८८४२१०७७७२०.९८११.४६११.३२०.१४
एनएमबि म्युचुअल फण्ड ५०३७१६३६-४१.६७११.४५११.३१०.१४
आरबिबि म्युचुअल फण्ड २६७४७३०-७.६७११.३३११.२०.१३
एनआईबिएल समृद्धि फण्ड २१४५११९२१.८५१०.०४९.९२०.१२
कुमारी सबल योजना५९५६५४-९.०२१०.७३१०.६२०.११
मेगा म्युचुअल फण्ड १११९२९४३२६.४११०.४९१०.३८०.११
सनराइज ब्लुचिप फण्ड१२९११३६४-५.३५११.३४११.२३०.११
लक्ष्मी उन्नति कोष१२१७१५४२-२१.०८११.६६११.५५०.११
सिद्धार्थ व्यवस्थित लगानी योजना१६१६१७६५-८.४४१०.८६१०.७६०.१
मुक्तिनाथ म्युचुअल फण्ड १५०६१८२६-७२.२९१०.२३१०.१३०.१
एनआईसी एसिया ब्यालेन्सड फण्ड१२९३७६०७०.१३१०.८४१०.७५०.०९
सनराइज फोकस्ड इक्विटी फण्ड१७९११०८४६५.२२११.४३११.३४०.०९
सनराइज फर्स्ट म्युचुअल फण्ड६९७७२६-३.९९११.३११.२१०.०९
एनआईबिएल ग्रोथ फण्ड४७६२४१९७.५११०.४४१०.३६०.०८
एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड२५८३८१३२१७.७११०.९६१०.९०.०६
एनएमबि सरल बचत फण्ड इ२१७९२५६९-१५.१८१०.३४१०.२८०.०६
सानिमा ग्रोथ फण्ड७८७४८८६१.२७११.५२११.४६०.०६
सानिमा लार्ज क्याप फण्ड१३६५१०९७२४.४३११.५९११.५४०.०५
एमबिएल इक्विटी फण्ड४५९७६४६४-२८.८८९.९९९.९५०.०४
नबिल ब्यालेन्सड फण्ड ३२१९२१८४४१८.८७११.२२११.१९०.०३
एनएमबि हाइब्रिड फण्ड एल २१७३६३६०८-५१.८८९.९१९.८८०.०३
सिटिजन्स म्युचुअल फण्ड २११६५६४९७९.५११०.४४१०.४२०.०२
सानिमा फ्लेक्सी फण्ड२०७४२०२६२.३७९.९३९.९१०.०२
रिलायबल समृद्धि योजना१००६७११९४३-१५.७१९.९५९.९६-०.०१
लक्ष्मी भ्यालु फण्ड २१५२६१००७५१.५४११.४१११.४३-०.०२
नबिल ब्यालेन्सड फण्ड २१६३३१६७६-२.५७११.४३११.४५-०.०२
नबिल फ्लेक्सी क्याप फण्ड२४९४२८०५-११.०९११.३२११.३४-०.०२
शुभ लक्ष्मी कोष१०५६६५०६२.४६११.५५११.५९-०.०४
एनआईसी एसिया डाइनामिक डेब्ट फण्ड४२६८३८६३१०.४८१०.३३१०.३९-०.०६
एनआईसी एसिया ग्रोथ फण्ड २१८०२६६९१६९.३६१०.१३१०.२५-०.१२
एनआईसी एसिय सेलेक्ट फण्ड ३०१७६८१४६०२१.११०.४६१०.६६-०.२

जेठमा म्युचुअल फण्डको आम्दानी बढेका कारण खुद सम्पत्तिको मूल्य बढेको हो। ३४ वटा म्युचुअल फण्डको न्याभ बढेको छ। अधिकांशको न्याभ अंकित मूल्यभन्दा बढी छ। ८ वटाको मात्रै घटेको छ।

‘बजारमा बैंकिङ र इन्स्योरेन्स सेक्टर चलेको छैन। बैंकको सेयरमा लगानी गरेर म्युचुअल फण्डलाई फाइदा पनि छैन। त्यसैले अहिले हाइड्रोपावरको मूल्य बढेका कारण म्युचुअल फण्डको नाफा बढेको छ,’ एक मर्चेन्ट बैंकरले बताए।