
काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले दसै तिहारलाई लक्षित गर्दै ‘बजाजतन्त्र’ उपहार योजना ल्याएको छ । बजाजका वाइक खरिद गरी आफुले चाहेको उपहारमा मतदान गरेर यो योजनामा सहभागी हुने पाइने कम्पनीले जनाएको छ ।
भोट कसलाई ? आफैलाई भन्ने नारासहित यो योजना ल्याइएको छ । यो योजनामा सहभागी हुनेले साप्ताहिक रुपमा नगद पाँच लाख, सुन, टिभी, ल्यापटप, विदेश भ्रमण, रेफ्रिजिरेटर, स्मार्ट फोन र स्क्र्याच गरी एक लाखसम्म जित्ने मौका पाउने कम्पनीले जनाएको छ ।