भन्सार सम्वन्धी नयाँ प्रावधानका कारण बिहारमा रोकिएका ग्यास बुलेट छुटे

बिजमाण्डू
२०६९ भदौ २२ गते ००:०० | Sep 7, 2012
भन्सार सम्वन्धी नयाँ प्रावधानका कारण बिहारमा रोकिएका ग्यास बुलेट छुटे


काठमाडौं । नयाँ प्रावधानका कारण दश दिनदेखि रोकिएका ग्यास बोकेका बुलेट शुक्रवारबाट छुट्न थालेका छन् । विहारको भन्सारले लगाएको नयाँ प्रावधानका बारेमा ग्यास उद्योगीले थाहा नपाउँदा बुलेट रोकिएका थिए ।
नयाँ प्रावधानका कारण ग्यास बोकेका बुलेट रोकिएका रहेछन्, निगमका प्रवक्ता मुकुन्द ढुंगेलले भने, हामीले नयाँ प्रक्रियाको बारेमा उद्योगीलाई जानकारी गराएपछि शुक्रवारदेखि बुलेट आउन सुरु गरेको छ । ग्यास ल्याउँदा उद्योगीले फर्म भर्नुपर्ने नयाँ व्यवस्था विहारले गरेको थियो ।
त्यसलाई उद्योगीले वास्ता नगरेपछि समस्या भएको उनले बताए । नाफाको लागि मात्रै पछि लाग्ने तर उद्योगीले कुनै दायित्व नलिने व्यवसायीको व्यवहार देखियो, ढुंगेलले भने, त्यसैले समस्या देखिएको मात्रै हो । भारतको हल्दियाबाट नेपालतर्फ आइरहेको ५७ बुलेट विहारमा रोकिएको थियो ।

Tata
GBIME
Nepal Life