नेपाल श्रीलंका मर्चेन्टका तत्कालीन सञ्चालकहरुको खाता रोक्का,

बिजमाण्डू
२०६९ भदौ २२ गते ००:०० | Sep 7, 2012

काठमाडौं । नेपाल राष्ट्र बैंकले श्रीलंका मर्चेन्टका अध्यक्षसहित सबै सञ्चालकको खाता रोक्का गर्न निर्देशन दिएको छ । एनबी बैंकमा मर्जमा जाने निर्णय भइसकेपछि गैरकानुनी रुपमा ऋण लगानी गरेको पुष्टी भएपछि राष्ट्र बैंकले खाता रोक्का राख्न सवै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।
राष्ट्र बैंकको निर्देशनपछि मुलुकका सबै बैंक तथा वित्तीय संस्थाले बिहीबारै श्रीलंकाका कार्यकारी अध्यक्ष रुवी जोशी, श्रीराम लामिछाने लगायत पाँच जनाको खाता रोक्का गरिएको छ । श्रीलंका मर्चेन्टले एनबीसँग मर्जरमा जानुअघि अल्का हस्पिटललाई नौ करोड रुपैयाँ ऋण दिएको थियो ।
मर्जर प्रकृयामा गइसकेको बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको स्वीकृति बिना दीर्घकालिन प्रकृतिको ठूलो ऋण लगानी गर्न पाउँदैन । श्रीलंकाले राष्ट्र बैंकलाई नसोधी गोप्य रुपमा ऋण लगानी गरेको हो । प्रक्रिया मिचेर दिएको यो ऋणका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको छ । राष्ट्र बैंकले ऋण दुरुपयोग भएपछि सबै संञ्चालकलाई बैंकिङ कसुर ऐन अन्तर्गत कारवाही अगाडि वढाउने निर्णय गरिसकेको छ । राष्ट्र बैंकले प्रहरीको अनुरोधमा खाता रोक्का गरेको हो । यसैगरी नेपाल राष्ट्र बैंकको आज बोर्ड बैठक बस्दै छ । बैठकमा एनबी बैंकका विषयमा छलफल हुने सम्भावना छ ।

Tata
GBIME
Nepal Life