यस्तो छ, विल गेट्सको घर जनाडु २.०, अरूको कस्तो छ (तस्वीर समाचार)

बिजमाण्डू
२०६९ भदौ २० गते ००:०० | Sep 5, 2012
यस्तो छ, विल गेट्सको घर जनाडु २.०, अरूको कस्तो छ (तस्वीर समाचार)


न्युयोर्क । अमेरिकामा नयाँ घर बन्ने र बिक्री हुने दरमा विगत पाँच वर्षदेखि सुस्तता आएको छ । तर सूचना प्रविधीको केन्द्र मानिने सिलिकन भ्यालीमा यसको कुनै असर छैन । मन्दी सिलिकन भ्यालीकालागि मालामाल बन्ने अवसर बनेको छ । भ्यालीमा महंगा घर बिक्री हुने दर विगत वर्षभन्दा दोब्बर छ । सिलिकन भ्याली अहिले पुराना र महंगा घरकालागि प्रख्यात वेभर्लि हिल्स र मियामीलाई समेत पछि पार्ने दौडमा छ । सबै मिडिया महारथी सिलिकन भ्यालीमा त बस्दैनन तर आलिसान र भव्य घर किन्ने दौडमा भने कोहि पनि पछि छैनन् ।
जस्तो विल गेट्सले वासिङ्गटनको मेडिनामा भव्य महल बनाएका छन् । ओराकलका संस्थापक एवं सिईओ ल्यारी एलिसनले हालै मात्र अमेरीकाको हवाईमा रहेको लनाई टापु ६० करोड डलरमा खरीद गरे । नेटस्क्याप वेब ब्राउजरका संस्थापक जिम क्लार्कले बेलायतको साउथह्याम्पटनमा चार करोड ९० लाख डलरमा घर किनेका छन् । प्रविधिका महारथीहरुको गगनचुम्वी भवन मोहले सिलिकन भ्याली आकास छेडने तरखरमा छ । सिलिकन भ्यालीका गहना भनेर विश्व बजारले चिन्ने केहि प्रविधि महारथीहर बस्ने घर कस्तो छ ? डेलीमेलडटयुकेबाट

बिग गेट्स : विश्वका दोस्रो ठूलो धनी बिल गेट्स वासिङ्टनको मेडिनामा रहेको ६६ हजार वर्ग फिट क्षेत्रमा फैलिएको जानाडु २.० मा बस्छन् । उनको आवास क्षेत्रको नाम पनि सफ्टवेयरको जस्तो भर्सनमा छ – जानाडु २.० । जानाडुको मूल्य १२ करोड २० लाख डलर भएको बताईन्छ । उनको यो आवास क्षेत्रमा पानी मुनी पनि सुन्न सकिने म्युजिक सिस्टम भएको स्वीमिङ पुल छ भने उनको निवासमा आरामदायी पुस्ताकालाय छ । उनको घरमा आउने पाहुनाले कम्प्युटराईज्ड पिन लगाउनुपर्छ । यस पिनको सहायताले  पाहुनाको हरेक गतिविधि नियाल्न सकिन्छ । यसले पाहुनाको रुची अुनसार घरको वातावरण न्यानो वा चिसो कस्तो राख्नु पर्ने हो राख्छ । पाहुना पुग्ने स्थानमा उज्याले चाहिने भए उज्यालो पार्ने, उसको रुची अनुसारको संगित बजाउने लगायतका सुविधा समेत गेट्सको घरमा छ । गेटसको यो आवास क्षेत्र बनाउन सात वर्ष लागेको थियो भने निर्माणमा ६ करोड ३० लाख डलर खर्च भएको थियो ।

पल एलन : माइक्रोसफ्टका सह–संस्थापक एवं भुल्कान कम्पनीका अध्यक्ष पल एलन सियाटलमा बस्छन् । २ करोड ६० लाख डलर मूल्य अनुमान गरिएको उनको आवास क्षेत्रमा तैरने हेलिप्याड, चिप्लेटि सहितको स्वीमिङ पुल, बास्केटबल कोर्ट र सातावटा चिटिक्क परेका साना घर छन् ।

जिम क्लार्क : नेटस्केपका संस्थापक जिम क्लार्कले हालै खरिद गरेको नौ एकडमा फैलिएको आवास क्षेत्र १८ हजार बर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । जसमा १२ वेडरुम, १२ वाथरुम तीन हाफ–बाथरुम, एक मैदान र पेडल बल कोर्ट छ ।

युरी मिल्नर : फेसबुक, जिङ्गा, ट्विटर, स्पोटिफाई, जोकडक र गु्रपअन जस्ता प्रविधि कम्पनीमा लगानी गर्ने युरी मिल्नर भने १० करोड डलर मुल्य भएको सिलिकन भ्यालीकै आवास गृहमा बस्छन् । यी रुसी लगानीकर्ताले यो आवास क्षेत्र २०११ को मार्चमा खरिद गरेका हुन । उनको दुर्भाग्य के भने अहिले यो आवास क्षेत्रको मूल्य जम्मा पाँच करोड डलर मात्रै छ । ३० हजार वर्ग फिट क्षेत्रफलको उनको घरमा पाँच बेडरुम, नौ बाथरुम, एक बलरुम, बाईन खाने ठाउँ र होम थिएटरको व्यवस्था छ ।  

जिफ विजोस् : किण्डल ल्याएर बजारमा तहल्का पिटेका अमेजनका संस्थापक एवं सिईओ जिफ विजोस्को शान पनि  कम्ती छैन । बेभर्ले हिल्सामा रहेको १२ हजार वर्ग फुट फराकिलो उनको आवास क्षेत्रको मूल्य २ करोड ६० लाख डलर अनुमान गरिएको छ । उनको आवासमा स्वमिङ पुल, टेनिस कोर्ट, जिम, ग्रिनहाउस र छुट्टै गेष्ट हाउस छ ।

एरिक स्मड्टि : गुगलका कार्यकारी अध्यक्ष एरिक स्मड्टिको क्यालिफोर्नीयामा रहेको पाँच हजार वर्ग फुटमा फैलिएको आवास क्षेत्रमा उनी बस्दैनन् । तर, दुई करोड डलर मूल्य भएको यो आवास क्षेत्र विशेष समारोहकालागि प्रख्यात छ । अमेरिकी टिभि कार्यक्रम प्रस्तोता किम कार्डासियनको असफल विवाह यहिं भएको थियो ।

ज्याक डोर्से : ट्विटर र स्क्वायरका संस्थापक ज्याक डोर्सेले सान फ्रान्सिस्कोको समुद्र हेर्दै दिन विताउनकालागि गत फेबु्रअरीमा मात्रै १ करोड डलर खर्च गरेका छन् । उनले खरिद गर्दा शहरकै महंगो आवास क्षेत्रका रुपमा कहलिएको यो घरमा बसेर गोल्डेन गेट ब्रिज र सान् फ्रान्सिस्को खाडीको दुश्य जती हेरे पनि अघाउँदैनन डोर्से ।

सेरिल स्याण्डवर्ग : फोब्र्सका शक्तिशालि महिलाहरुको सूचीमा १० नम्बरमा पर्न सफल फेसबुककी टप एक्जुकेटिभ सेरिल स्याण्डवर्गको अथेर्टनमा रहेको पारिवारिक घर उनलाइ सुहाउने स्तरको छैन । विश्वकै ठुलो सोसियल नेटवर्किङ साईटको प्रमुख संचालन अधिकृत स्याण्डवर्गको परिवारले २००४ मा यो घर ८० लाख डलरमा किनेको थियो । अहिले उनी त्यहिं बस्छिन् । खासमा उनले आफ्नालागि भनेर फेसबुकको मुख्यालय नजिकै आलिसान बंगला बनाउन लगाएकी छन् । विस्तारै त्यतै सर्ने उनको दाउ छ ।

ल्यारी पेज : गुगलका सिईओ ल्यारी पेजको कम्पनीको मुख्याल भएकै शहर पालो अल्टोमा आवास छ । सन् २००५ मा ७० लाख डलरमा ल्यारीले खरिद गरेको यो घरको मूल्य अहिले ८० लाख डलर छ । यो घरमा ६ बेडरुम र ६ वटा नै बाथ रुम छन् । केहि वर्ष अघि मात्रै उनले नयाँ आवास बनाएका छन् । नयाँ आवासमा भने लिफ्ट, सोलार प्यानल, रुफटप गार्डेन र प्रसस्त पार्किङ सुविधा छ । उनको यो घर पूर्ण रुपमा इको फ्रेण्डली छ ।

मार्क जुकेरवर्ग : फेसबुकका संस्थापक एवं सिईओ मार्क जुकेर वर्गको घर क्यालिफोर्नियाको मेल्नो पार्कमा रहेको कम्पनीको नयाँ मुख्यालको पछाडी छ । पाँच बेडरुम, पाँच बाथरुम भएको यो घरलाई जुकेरबर्गले २०११ को मे महिनामा ७० लाख डलरमा खरिद गरेका हुन् । उनको यो घरको हालको मुल्य ७६ लाख डलरको हाराहारीमा रहको अनुमान छ ।

मारिसा मायर : याहुकी नयाँ सिईओ मारीसा मायरको घर पालो अल्टोमा छ । पाँच बेडरुम, ६ बाथरुम भएको मायरको यो घरमो मूल्य ५२ लाख डलर भएको अनुमान गरिन्छ । सामान्य देखिने यो घरसँग इतिहास जोडिएको छ । हालका राष्ट्रपति बाराक ओबामाले चुनावी अभियानका क्रममा खर्च जुटाउन यहि घरमा डिनर आयोजना गरेका थिए । जुन डिनरमा सहभागी हरेकले ३० हजार डलर योगदान गरेका थिए । राष्ट्रपति बनाउने यो घरले मायरलाई याहुको सिइओ पनि बनाएको छ । ओबामा र मायर दुबैकालागि लक्की सावित भएको यो घरले मायरको सामिप्य कहिलेसम्म पाउने हो ? किनभने गुगलको कर्मचारीको हैसीयतमा रहँदासम्मकालागि त यो घर ठिक्कै थियो अब याहुको सिईओ नै भएपछि भने उनको हैसियतलाई यस घरले धान्ला जस्तो छैन ।

Tata
GBIME