टेलिकमको सेयर ओरालो लाग्यो, युनिलिभरको दुई सय रुपैयाँको वृद्धिले पनि थेगेन नेप्से

बिजमाण्डू
२०६९ भदौ १९ गते ००:०० | Sep 4, 2012

काठमाडौं । मंगलवार प्रतिसेयर २०५ रुपैयाँले बढेपछि युनिलिभरको प्रतिसेयर मूल्य आठ हजार रुपैयाँ नाघेको छ । सोमवार १४१ रुपैयाँले सेयर मूल्य बढेर युनिलिभरको प्रतिकित्ता सात हजार ९९५ रुपैयाँमा कारोवार भएको थियो । मंगलवारको कारोवारपछि युनिलिभरको प्रतिकित्ता सेयर आठ हजार दुई सय रुपैयाँ पुग्यो । वितेको एक महिनामा मात्रै युनिलिभरको प्रतिकित्ता सेयर मूल्य एक हजार आठ सय रुपैयाँले बढिसकेको छ ।
प्रतिसेयर ६८० रुपैयाँ नगद लाभांस दिने घोषणा गरिसकेपछि युनिलिभरको सेयर मूल्य मात्रै १८ सयले बढेको छ । हरेक दिन एउटा वा दुईवटा कारोवार हुन्छ र ती कारोवारमा एकैपटक एकसय देखि साढे दुईसम्म मूल्य बढ्छ । यसले बजारमा युनिलिभरको सेयर मूल्य बढाउने खेल त भैरहेको छैन ? प्रश्न पनि खडा गरेको छ ।
युनिलिभरको प्रतिसेयर २०५ रुपैयाँले सेयर मूल्य बढे पनि अन्य समूहको सेयर सूचकांक माथि चढ्न भने सकेन । मंगलवार यो समूहलाई तल झार्ने काम नेपाल टेलिकमले गर्यो । टेलिकमको प्रतिसेयर सात रुपैयाँले मूल्य घटेपछि मंगलवार ५८१ रुपैयाँमा कारोवार भयो । अघिल्लो साता नेपाल टेलिकमको दुई दिन लगातार भएको वृद्धिले प्रतिसेयर छ सय रुपैयाँ नाघ्न थालेको थियो । टेलिकमको सेयर मूल्य ओरालो लागेपछि अन्य समूहको सूचकांक ९.३९ अंकले तल झर्यो । मंगलवार चिलिमेको एक रुपैयाँ, अरुण भ्यालीको तीन रुपैयाँले सेयर मूल्य तल झर्यो ।

Tata
GBIME