
काठमाडौं । कमर्ज एण्ड ट्रष्ट बैंकले सर्वसाधरणका लागि छुट्टायएको ६० लाख कित्ता सेयर विक्री गर्ने भएको छ । बैंकले यसैका लागि नागरिक लगानी कोष, नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड र सभिल क्यापिटल मार्केट/ग्रोमर मर्चेन्ट बैंकरलाई सेयर निष्काशन तथा विक्री प्रवन्धक नियुक्त गरेको छ ।
सार्वजनिक सेयर निष्काशनका लागि बैंकले सोमवार निष्काशन तथा विक्री प्रवन्धकसँग सम्झौता गरेको हो । सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ । बैंकले अहिलेसम्म छ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने छ अर्ब ३४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आर्थिक वर्षको अन्तसम्म बैंकले पाँच करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थयो । बैंकका १३ वटा शाखा छन् ।