BIZMANDU
www.bizmandu.com

कमर्ज एण्ड ट्रष्ट बैंकको सेयर निष्काशन गर्न तीन कम्पनी विक्री प्रवन्धक नियुक्त

२०६९ भदौ १९

कमर्ज एण्ड ट्रष्ट  बैंकको सेयर निष्काशन गर्न तीन कम्पनी विक्री प्रवन्धक नियुक्त
कमर्ज एण्ड ट्रष्ट बैंकको सेयर निष्काशन गर्न तीन कम्पनी विक्री प्रवन्धक नियुक्त



काठमाडौं । कमर्ज एण्ड ट्रष्ट बैंकले सर्वसाधरणका लागि छुट्टायएको ६० लाख कित्ता सेयर विक्री गर्ने भएको छ । बैंकले यसैका लागि नागरिक लगानी कोष, नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेड र सभिल क्यापिटल मार्केट/ग्रोमर मर्चेन्ट बैंकरलाई सेयर निष्काशन तथा विक्री प्रवन्धक नियुक्त गरेको छ ।
सार्वजनिक सेयर निष्काशनका लागि बैंकले सोमवार निष्काशन तथा विक्री प्रवन्धकसँग सम्झौता गरेको हो । सेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ । बैंकले अहिलेसम्म छ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने छ अर्ब ३४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । गत आर्थिक वर्षको अन्तसम्म बैंकले पाँच करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थयो । बैंकका १३ वटा शाखा छन् ।  

Tata
GBIME
NLIC