
काठमाडौ । स्टाइलिस लुक दिइएको एफजेड–एस मोटरसाइकल नेपाली बजारमा आएको छ । यामाहाको अधिकृत विक्रेता मोरङ अटोवक्र्सले नयाँ लुकसहितको यो मोटरसाइकल नेपाली बजारमा ल्याएको हो ।
कम्पनीले ‘बि स्टाइलिस, एट सेफ’ भन्ने नाराका साथ यो मोटरसाइकल बजारमा ल्याएको हो । १ सय ५३ सिसीको यो मोटरसाइकलमा कार्बोरेटर प्रयोग गरिएको छ । यसको प्रयोगले उत्कृष्ट पिकअप र माइलेज दिने कम्पनीको दावी छ । कम्पनीका अनुसार यसमा मोनोक्रस सस्पेन्सन, मिडसिप मफलर, फ्रन्ट फोर्क, फराकिलो र लामो सिट लगायतका सुविधा छन् भने यसमा फराकिलो डिस्कब्रेक पनि छ ।
कम्पनीका अनुसार यसमा ट्रेन्डी मिटर कन्सोस, चेन प्रोटेक्टर पनि छ । यो मोटरसाइकल ब्ल्याक अरेन्ज, ब्ल्याक साइबर ग्रिन, सनसेट रेड र ह्वाइट कलरका नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।