नेप्से ९५६ विन्दुमा, बीमा समूह तीन सय अंकको वृद्धि, चिलिमे २५ सय माथि, ६४ करोडकाे कारोबार

बिजमाण्डू
२०७१ असार १७ गते ००:०० | Jul 1, 2014
नेप्से  ९५६ विन्दुमा, बीमा समूह तीन सय अंकको वृद्धि, चिलिमे २५ सय माथि, ६४ करोडकाे कारोबार
काठमाडौं। नेप्से नौं सय ५६ बिन्दुमा आइपुगेको छ । बीमा र जलविद्युत् समूहमा यस दिन उच्च वृद्धि भएको छ । बैंकिङ समूहको परिसूचक पनि वृद्धि भएको छ ।
नेपाल लाइफ, नेशनल लाइफ, लाइफ इन्स्योरेन्सको सेयर मूल्य क्रमशः दुई सय ८२ , एक सय ९२ र दुई सय ३० रुपैयाँले बढेको छ । छिमेक लघुवित्त बिकास बैंक र निर्धन उत्थानको पनि सेयर मूल्य क्रमशः एक सय १६ र एक सय सात रुपैयाँले बढेको छ ।
बैंकिङ समूहको स्ट्याण्डर्ड चार्टर्ड, माछापुर्छे बैंक लगायतको सेयर मूल्य घटेपनि एभरेष्ट, कुमारी, एनसीसी, नबिल, नेपाल, लक्ष्मी, प्राइम लगायतकाको मूल्य बढेको छ । 
एनडेप डेभलपमेन्ट बैंकसंग मर्जर प्रक्रियामा रहेको यति बिकास बैंकको सेयर मूल्य केही दिन देखि बढ्ने क्रममा छ । यती बिकास बैंक एनडेप लगायत अन्य बैंक तथा वित्तीय संस्थासंग मर्जरमा जाने र वाणिज्य बैंक बन्ने रणनीतिमा रहेको खबरले बैंकको मूल्य बढेको हो । यति बिकास अन्य वाणिज्य बैंकसंग मर्जरमा जाने पनि योजनामा रहेको खबर छ । तर हालसम्म कुनै पनि सहमती नभएको र एनडेपसंगको मर्जर प्रक्रिया यथावत रहेको यती डेभलपमेन्ट बैंक स्रोतले बताएको छ । स्रोतले भन्यो, ‘ हामी वाणिज्य बैंक बन्ने योजनामा भने छौं, तर त्यो अहिले नै सम्भव हुन्छ भन्ने छैन, प्रयास भने जारी छ ।’  यस दिन यती डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.७९ प्रतिशतले बढ्यो । 
यस दिन एक सय ५० कम्पनीको सेयर कारोबार भयो । १३ लाख कित्ता सेयरको किनबेचबाट ६४ करोड ८४ लाख रुपैयाँको कारोबार भएको हो । यो दिन ट्रेडिङ, होटेल र ‘अन्य’ समूहको परिसूचक भने घट्यो । 

नेप्सेले पार गर्यो ९५० को तह, बजार खुलेदेखि नै बढ्दो क्रममा, पहिलाे घण्टामै १३ करोडकाे  कारोवार
काठमाडौं। नेप्सेले ९५६ को नया उचाइ छाएको छ । नेप्सेले १२ बजेर ४९ मिनेट जाँदा यो तह भेटेको हो । केही समयदेखि नौं सय ३८ को आसपास रहेको नेप्से बढ्ने क्रममा छ । नेप्से यसअघि बिसं २०६५ असोज २७ गते यो तहमा रहेको थियो । त्यो समय नेप्से ९५७ मा थियो । २०६५ असोज २७ मा नेप्से १००४ बिन्दुमा थियो । नेप्सेले २०६५ भदौंमा ११ सय ७५ को तह भेटेर घट्ने क्रममा नौ सयतहमा आइपुगेको थियो । तर यो क्रममा पनि नेप्सेले असोज २७ गते भने पुन एक पटक १००४ को तह भेटेको हो। बजारमा १३ करोड रुपैयाँको कारेबार भएको छ । 

 

Tata
GBIME
Nepal Life