काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले सुनसरीको दुहवीमा आफ्नो शाखा पुनस्र्थापना गरेको छ । पुनस्र्थापित शाखाको उद्घाटन अर्थमन्त्री डा.रामशरण महतले गरेका छन् । बैंकले मोरङको सिजुवामा पनि शाखा पुनस्र्थापित गरेको छ । थपिएको शाखासहित बैंकको कुल शाखा संख्या १५० वटा पुगेको छ ।

बैंक सञ्चालक समितिका अध्यक्ष डा. नरहरि ढकालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले स्वागत मन्तव्य गरेका थिए ।
सिजुवा शाखाको उद्घाटन बैंकका अध्यक्ष ढकालले गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले देशभरका ६५ जिल्लामा कुनै पनि शाखा बैंकिंग सेवा (एविविएस) सहितका १५० शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका १० वटा काउन्टर, ९ वटा शाखारहित बैंकिङ सेवा छन् । बैंकका १७ लाखभन्दा बढी ग्र्राहकलाई सेवा पु¥याउदै आएको छ ।
बैकका ८० स्थानमा आफनै एटिएम आउटलेट रहेका छन् । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अन्तसम्ममा ९९ अर्ब ५४ करोड निक्षेप संकलन गरेको छ भने कर्जा ५३ अर्ब ४९ करोड प्रवाह गरेको छ ।