BIZMANDU
www.bizmandu.com

राष्ट्रिय बाणिज्य बैंकको शाखा संख्या १५० पुग्यो, दुहवी र सिजुवामा थप दुई शाखा पुनर्स्थापना

२०७१ असार ११

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले सुनसरीको दुहवीमा आफ्नो शाखा पुनस्र्थापना गरेको छ । पुनस्र्थापित शाखाको उद्घाटन अर्थमन्त्री डा.रामशरण महतले गरेका छन् । बैंकले मोरङको सिजुवामा पनि शाखा पुनस्र्थापित गरेको छ । थपिएको शाखासहित बैंकको कुल शाखा संख्या १५० वटा पुगेको छ । 
शाखा उद्घाटन गर्दै अर्थमन्त्री डा. महतले सरकारले लागू गरेको वित्तीय क्षेत्र सुधार कार्यक्रमबाट राष्ट्रिय बाणिज्य बैंकको समग्र अवस्थामा सुधार आएको वताउँदै आगामी दिनमा यस बैंकले देशको समग्र आर्थिक सामाजिक विकासमा सशक्त भूमिका निर्वाह गर्नुपर्ने वताए । 
बैंक सञ्चालक समितिका अध्यक्ष डा. नरहरि ढकालको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बैंकका  प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले स्वागत मन्तव्य गरेका थिए । 
सिजुवा शाखाको उद्घाटन बैंकका अध्यक्ष ढकालले गरेका छन् ।  राष्ट्रिय वाणिज्य बैंकले देशभरका ६५ जिल्लामा कुनै पनि शाखा बैंकिंग सेवा (एविविएस) सहितका १५० शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका १० वटा काउन्टर, ९ वटा शाखारहित बैंकिङ सेवा छन् । बैंकका १७ लाखभन्दा बढी ग्र्राहकलाई सेवा पु¥याउदै आएको  छ । 
बैकका ८० स्थानमा आफनै एटिएम आउटलेट रहेका छन् । बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अन्तसम्ममा ९९ अर्ब ५४ करोड निक्षेप संकलन गरेको छ भने कर्जा ५३ अर्ब ४९ करोड प्रवाह गरेको छ । 

Tata
GBIME
Nepal Life