
'सुनको फिक्सिङ र मुल्य निर्धारण आफैंले गर्नु पर्छ भन्ने चीनको विश्वास हो' लौडेले सिङ्गापुरमा आयोजित औद्योगिक सम्मेलनमा बुधबार भने। सांघाइ गोल्ड एक्सचेञ्जको अन्तर्राष्ट्रिय बोर्ड मार्फत सुन कारोवारमा प्रभाव विस्तारबारे तयारी गर्ने उनले जानकारी दिए। 'अन्तर्राष्ट्रिय सुन बजारमा चाइनिज प्रभाव विस्तार गर्न हामीलाई आवश्यक छ' उनले भने।
त्यसका लागि नयाँ इन्टरनेशनल एक्सचेञ्ज स्थापना गर्ने चीनको तयारी छ। साथै सिङ्गापुर र हङकङका एक्स्चेञ्जहरु मार्फत समेत यो बर्ष देखि सुनको कन्ट्रयाक्ट सुरु गर्ने भएको छ। अन्तर्राष्ट्रिय बजारमा प्रभाव विस्तार गर्न एउटा विकल्पको रुपमा यस्तो रणनीति अपनाइएको हो।
चीन सरकार र नियामकहरुले सांघाइ गोल्ड एक्सचेञ्जको योजनालाई सहयोग गरेको लौडेले बताए। स्वतन्त्र व्यापार क्षेत्रमा नयाँ एक्सचेञ्ज स्थापना गर्ने र त्यसलाई दिर्घकालमा सांघाइ गोल्ड एक्सचेञ्जसँग मर्ज गर्ने तयारी लौडेले सुनाए।
साङ्घाइ गोल्ड एक्सचेञ्जले स्थापना गर्ने नयाँ अन्तराष्ट्रिय एक्सचेञ्जसँग कारोवार गर्न प्रशस्त विदेशी बैंकको चासो आएको समेत उनले जानकारी दिए। स्विजरल्यान्डको विलासी धातु प्रशोधन कम्पनी मेटालोर टेक्नोलोजिज एसएले सांघाइको अन्तर्राष्ट्रिय धातु एक्सचेञ्ज प्रवेश गर्नेबारे मंगलबार मात्र रोयटर्ससँग बताएको छ। नयाँ एक्सचेञ्ज सेप्टेम्बरको अन्त्य सम्ममा सञ्चालनमा ल्याउने सांघाइ गोल्ड एक्सचेञ्जको तयारी छ। त्यहाँ चीनीया युआनमै मुल्य कोट गर्ने र आफ्नो मुद्राको समेत अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्ने रणनीति चीनको छ। नयाँ अन्तर्राष्ट्रिय एक्सचेञ्जको भल्ट एक हजार टन सुन सञ्चित गर्ने क्षमताको हुनेछ।