मंगलवारको विषेश साधारण सभामा नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स एक्विजेशन प्रस्ताव लैजाँदै

बिजमाण्डू
२०७१ असार ३ गते ००:०० | Jun 17, 2014
काठमाडौं। नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्सले एक्विजेशनमा जाने प्रस्ताव मंगलवार हुने आफ्नो विशेष साधारण सभामा लैजादै छ । कम्पनीले यसअघि गत बर्षको असार ३१ गते मर्जरमा जाने प्रस्ताव बिशेष साधारण सभामा लगेको थियो । मंगलवार १० बजेबाट कम्पनीको सभा शूरु भएको छ । 
कम्पनीको अवस्थामा खासै सुधार हुन नसकेपछि एक्विजिशनमा जाने तयारी गरेको हो । कम्पनी गत आवमा चार करोड १० लाख रुपैयाँ नाफामा रहेको थियो । तर कम्पनी चालु आवको तेस्रो त्रैमाशमा भने ७८ लाख सञ्चालन नोक्सानमा छ । कम्पनी यो अवधिमा भने १० लाख ४३ हजार नाफामा थियो ।      
 

Tata
GBIME
Nepal Life