काठमाडौं । रेमिट्यान्स कम्पनी वेस्टर्न युनियनले नेपालमा सेवा सुरु गरेको २० औं वार्षिक उत्सवमा रकम दोब्बर योजना सुरु गरेको छ । साप्ताहिक २० हप्ते प्रर्वद्धन योजनाको अवधिभरि १० लाख रुपैयाँसम्मको कुल २० वटा पुरस्कार जित्न सकिने कम्पनीले जानकारी दिएको छ ।

विगत २० वर्षको अवधिमा, विदेशमा बसोबास गर्ने नेपालीको संख्या र उनीहरुले नेपालमा पठाउने रकमको अनुपात अत्यधिक मात्रामा बृद्धि भएको कम्पनीले जानकारी दिएको छ । १९९३ मा वार्षिक पाँच करोंड ५० लाख डलर भएको रेमिटेन्स बढेर २०१३ मा पाँच अर्व डलर पुगेको थियो । यो नेपालको कुल जिडिपिको २५ प्रतिशत र बस्तु र सेवाका निर्यातबाट प्राप्त हुने आम्दानीको लगभग दोब्बर हो ।
साउथ एशियाका लागि वेस्टर्न युनियनको रिजनल भाइस प्रेसिडेन्ट किरण सेट्ठीले ‘वेस्टर्न युनियनले ग्राहकलाई रकम छिटो, भरपर्दो र प्रभावकारी ढंगले परिचालन गर्ने गरेको बताए । उनले २० औं वार्षिक उत्सव नेपालको इतिहासमा कोसे ढुंगा सावित भएको जानकारी दिए । वेस्ष्टर्न युनियनले सन् १९९३ बाट काठमाडौंमा सेवा सुरु गरेको थियो । वेस्टर्न युनियनको अहिले नेपालका ७५ जिल्लामा छ हजारभन्दा बढी एजेन्ट छन् । कम्पनीले सेप्टम्बर २०१३ मा मोबाइल फोनमा आधारित रहेर मनि ट्रान्सफर सेवा प्रारम्भ गरेको थियो । यसले नेपालमा सेवा वालेट एकाउन्ट भएका ग्राहकलाई वेस्टर्न युनियन मनी हस्तान्रण कारोवार मार्फत आफ्नो मोबाइल एकाउन्टमा क्रेडिट गर्न सक्छन् ।
सन् २०१३ मा वेस्टर्न युनियनले २४ करोंड २० लाख ग्राहकको ८२ अर्व डलर रकम परिचालन गरेको थियो । त्यसैगरी ४५ करोंड ९० लाख विजनेस पेमेन्ट प्रदान गरेको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ ।