
काठमाडौं । यती डेभलपमेण्ट बैंकको बिहिवार १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाबाट बैंकको आर्थिक वर्ष २०६९÷७० को वित्तीय विवरणसहितको प्रतिवेदन पारित भएको बैंकले प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
बैंकले गत आर्थिक वर्षमा एक करोड ४८ लाख रुपैयाँ खुद मुनाफा (बोनस र कर अघि) आर्जन गरेको छ । त्यसैगरी बैंकको निक्षेप संकलन पाँच अर्ब ६७ करोड र कुल कर्जा लगानी पाँच अर्ब ४० करोड पुगेको छ ।
साधरणसभाले संस्थापक शेयरधनीका तर्फबाट अर्जुनप्रसाद शर्मा, प्रमोद श्रेष्ठ, अरुणराज सुमार्गी, उत्तमप्रसाद कायस्थ, राजेश उपाध्याय र राजेशबाबु श्रेष्ठलाई सञ्चालक चयन गरेको छ । हरि मास्के र रुपेन्द्र पौडेल सर्वसाधारणको तर्फबाट संचालकमा निर्वाचित भएको बैंकले जानकारी दिएको छ । जेठ २९ गते बसेको संचालक समितिको बैठकले राजेश उपाध्यायलाई बैंकको अध्यक्षमा नियुक्त गरेको पनि बैंकले जारी प्रेस विज्ञप्तिमा छ । बैंकले २५ वटा शाखाबाट देशका विभिन्न स्थानका बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।