असंलग्न राष्ट्रको शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री भट्टराई तेहरान प्रस्थान

बिजमाण्डू
२०६९ भदौ १३ गते ००:०० | Aug 29, 2012
असंलग्न राष्ट्रको  शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री भट्टराई तेहरान प्रस्थान

काठमाडौं । असंलग्न आन्दोलनको १६ औँ शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री डा बाबुराम भट्टराई बुधवार बिहान  इरानको राजधानी तेहरानमा प्रस्थान गरेका छन् ।
प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गर्दै प्रधान मन्त्री भट्टराईले नेपालले असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको सन्दर्भमा यो भ्रमण उपलब्धिपूर्ण हुने बताए । उनले नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य राष्ट्र भएको र सधैँ यस सम्मेलनलाई महत्व दिई उच्चतम तहबाट सहभागिता भइआएकाले आफूले यसलाई निरन्तरता दिएको उल्लेख गरे । यही भदौ १४ र १५ गते शिखर सम्मेलनको आयोजना गरिएको छ।
प्रधान मन्त्री भट्टराईलाई विमानस्थलमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विजयकुमार गच्छदार, मन्त्रिगण तथा सरकारी उच्च पदस्थ अधिकृतहरुले बिदाइ गरेका थिए । सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ गत सोमबार नै त्यसतर्फ प्रस्थान गरिसकेका छन् । तेहारानमा प्रधानमन्त्री भट्टराईले भारतीय प्रधानमन्त्ती मनमोहन सिंहलाई पनि भेट गर्ने कार्यक्रम छ ।

Tata
GBIME
Nepal Life