नेप्से परिसूचक उक्लियो नौं सय, बैंकिङ समूहमा १० अंकको सुधार, ५३ करोड रुपैयाँको कारोबार

बिजमाण्डू
२०७१ जेठ २९ गते ००:०० | Jun 12, 2014
नेप्से परिसूचक उक्लियो नौं सय, बैंकिङ समूहमा १० अंकको सुधार, ५३ करोड रुपैयाँको कारोबार
काठमाडौं। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक पाँच अंकले बढेको छ । नेप्से ५.०८ अंकले बढेर ९०४.६१ मा आइपुगेको छ । बैंकिङ, होटेल समूहको परिसूचकमा भएको सुधारले नेप्से बढेको हो । बैंकिङ समूहको परिसूचक ९.९ अंकले र होटेल समूहको परिसूचक १४.३९ अंकले बढेको छ । वित्त र व्यापारमुलक समूहमा आएको सुधारले पनि नेप्से वृद्धिमा सहयोग पुगेको छ । यी समूह क्रमशः ३.०५ र ३.३१ अंकले वृद्धि भएको छ ।
एनसीसी बैंक र नेपाल बंगलादेश बैंकको सेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दै गएको छ । एनसीसी बैंकको विहीवार मात्रै छ करोड रुपैयाँ बढिको कारोबार भयो । एनसीसी बैंकको छ करोड रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै नेपाल बंगलादेश बैंकको सेयर मूल्य दुई करोड रुपैयाँ भन्दा बढिको किनबेच भयो । एनसीसी बैंक र नेपाल बंगलादेश दुवैले यसबर्षको साधारण सभा गरेका छैनन् । एनसीसीले दुई आवको गरेर २० प्रतिशत लाभांश दिने सुचना प्रकासित गरेको थियो , नेपाल बैंगलादेश बैंकले पनि स्थगित साधारण सभामा १७ प्रतिशत बढि लाभांश प्रस्ताव लैजाने भएको थियो ।  
सुधारको क्रममा देखिएको एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य बढ्ने क्रममा छ । चालु आवको तेस्रो त्रैमाशमा कम्पनी नाफामा रहेको थियो । यसअघि अघिल्लो आवको तेस्रो त्रैमाशमा तीन करोड १४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअघिको आवमा भने कम्पनी एक करोड ७२ लाख नोक्सानमा रहेको थियो । कम्पनीको चुक्तापूँजी बीमा समितिले तेकेको २५ करोड रुपैयाँभन्दा कम छ । हाल कम्पनीको चुक्तापूँजी १० करोड १२ लाख रुपैयाँ रहेको छ । 

 
नयाँ नेपाल लघुवित्त बिकास बैंकले असार छ गतेदेखि २१ गतेसम्म बुक क्लोज मिति सार्वजनिक गरेको छ । बैंकले समूह क बाट पाँ जना र ख समूहबाट दुई जना सञ्चालकको नियुक्ती र पारिश्रमिक निर्धारणको प्रस्ताव साधारण सभामा लैजादै छ । बैंकको साधारण सभा असार २१ गते रहेको छ । 
त्यस्तै, विहीवार लिमिट कम भएपछि दुई ब्रोकरको कारोबार रोक्का गरिएको छ । अरुण सेक्युरिटिज (ब्रो. ३) र मिदास स्टक ब्रोकिङ (ब्रो.२१) को कारोबार रोक्का गरिएको छ । दुवै ब्रोकर कम्पनीले कारोबार भएको रकम राफसाफको लागि भुक्तानी दिन ढिलाई गरेपछि लिमिट कम भएको हो । कारोबार सम्पन्न भएको तीन दिन भित्र राफसाफ गरिसक्नु पर्छ ।  
 

Tata
GBIME
Nepal Life