बुधवार फेरी सुन चढ्यो, प्रतितोला एक सय रुपैयाँ बढ्यो, मूल्य ५९ हजार तीन सय

बिजमाण्डू
२०६९ भदौ १३ गते ००:०० | Aug 29, 2012
बुधवार फेरी सुन चढ्यो, प्रतितोला एक सय रुपैयाँ बढ्यो, मूल्य ५९ हजार तीन सय


काठमाडौं । मंगलवार दुई सय रुपैयाँले घटेको सुनको मूल्य बुधवार फेरी एक सय रुपैयाँले बढेको छ ।  नेपाल सुन चाँदी व्यवसायी संघले बुधवारका लागि छापावाला सुनको मुल्य  ५९ हजार तीन सय रुपैयाँ तोकेको छ ।
गत सातादेखि नयाँ रेकर्ड बनाउँदै उकालो लागेको सुनको मुल्यमा मंगलवार ब्रेक लागेको थियो । मंगलवार सुन तोलामा दुइ सय रुपैयाँ घटेर ५९ हजार दुइ सय रुपैयाँमा कारोवार भएको थियो  ।
यस अघि गत सोमवार सुन अहिले सम्मकै उच्च मुल्य  ५९ हजार चार सय रुपैयाँमा कारोवार भएको थियो ।  बुधवार चाँदी तोलामा तीन रुपैयाँले बढेर  एक हजार एक सय २२ रुपैयामा कारोवार भएको छ । मंगलवार चाँदी पनि तोलामा दश रुपैयाँ घटेको थियो ।

Tata
GBIME