काठमाडौं । मंगलवार दुई सय रुपैयाँले घटेको सुनको मूल्य बुधवार फेरी एक सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी संघले बुधवारका लागि छापावाला सुनको मुल्य ५९ हजार तीन सय रुपैयाँ तोकेको छ ।
गत सातादेखि नयाँ रेकर्ड बनाउँदै उकालो लागेको सुनको मुल्यमा मंगलवार ब्रेक लागेको थियो । मंगलवार सुन तोलामा दुइ सय रुपैयाँ घटेर ५९ हजार दुइ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस अघि गत सोमवार सुन अहिले सम्मकै उच्च मुल्य ५९ हजार चार सय रुपैयाँमा कारोवार भएको थियो । बुधवार चाँदी तोलामा तीन रुपैयाँले बढेर एक हजार एक सय २२ रुपैयामा कारोवार भएको छ । मंगलवार चाँदी पनि तोलामा दश रुपैयाँ घटेको थियो ।