टेलिकमको सेयर विक्रेता बढे, खरिदकर्ता कम, जलविद्युतमा लगानीकर्ता झुम्मिए

बिजमाण्डू
२०६९ भदौ १२ गते ००:०० | Aug 28, 2012
टेलिकमको सेयर विक्रेता बढे, खरिदकर्ता कम, जलविद्युतमा लगानीकर्ता झुम्मिए

काठमाडौं । सरुवाती कारोवारमा दश रुपैयाँले बढेर कारोवार भएको नेपाल टेलिकमको सेयर दिनभर दिगो बन्न सकेन । मंगलवारको सुरुवाती कारोवार प्रतिकित्ता ११ रुपैयाँ बढेर ६०५ रुपैयाँमा कारोवार भएको थियो । तर बजारमा चहलपहल बढेसँगै टेलिकमको सेयर मूल्य पनि विस्तारै ओरालो लाग्यो । अघिल्लो दिनको तुलनामा अन्तिम कारोवार एक रुपैयाँ कममा भयो । मंगलावर एकै दिनमा टेलिकमको सेयर ३५ रुपैयाँले बढेर कारोवार भएको थियो । सोमवार पनि टेलिकमको सेयर १४ रुपैयाँले बढेर कारोवार भएको थियो ।
आइतवार र सोमवार सेयर मूल्य उच्च बढेपछि बजारमा टेलिमकको सेयर खरिदकर्ताभन्दा बढी विक्रेता आएका थिए । खरिदकर्ता कम भएपछि बजार विस्तारै ओरालो लाग्यो । मध्यान्हसम्म टेलिकमको सेयर ५९१ रुपैयाँसम्म झरेको थियो तर पछि फेरी विस्तारै सुधार भएपछि ५९३ रुपैयाँमा पुगेको हो । टेलिकमको सेयर विक्री गर्ने चाप बढेकै कारण मंगलवार टेलिकमको सबैभन्दा बढीको कारोवार भयो । मंगलवार टेलिकमका २८ हजार ४५५ कित्ता सेयर एक करोड ६९ लाख रुपैयाँमा कारोवार भयो ।
टेलिकमको सेयर विक्री गरेर मंगलवार धेरैले चिलिमे हाइड्रोको सेयर खरिद गरे, जसका कारण मंगलवार चिलिमेको सेयर मूल्य प्रतिकित्ता १३ रुपैयाँ बढेर कारोवार भयो । केही दिनदेखि स्थिर चिलिमको सेयर मूल्य बढेर मंगलवार एक हजार ५७ रुपैयाँ पुगेको छ ।
चिलिमे करोवार धेरै हुने कम्पनीको दोस्रो स्थानमा रह्यो । चिलिमेको मंगलवार ५१ कारोवारबाट ६ हजार १०८ कित्ता सेयर ६५ लाख रुपैयाँमा कारोवार भयो । मंगलवार बुटवल पावर कम्पनीको सेयर मूल्य दुई रुपैयाँ र अरुणभ्याली हाइड्राको सेयर मूल्य १० रुपैयाँले बढ्यो । बुवटल पावरका दुई हजार ९७९ कित्ता र अरुणको ७२९ कित्ता सेयर कारोवार भयो ।
चिलिमे, बुटवल र अरुणको सेयर मूल्य बढेपछि मंगलवार नेप्सेको जलविद्युत समूह आठ अंकले माथि चढ्यो । विकास बैंक र फाइनान्स समूहले तल झारे पनि यो समूहको सूचकांकले थेगेपछि नेप्सेले पार गरेको ४०६.१६ अंकमा अड्कियो ।

Tata
GBIME
Nepal Life