हैदरावाद । चेक बाउन्स भएको आरोपमा भारतीय किङ्गफिसर एअरलाइन्सविरुद्ध भारतको अदालतमा मुद्धा परेको छ । किंगफिशरले विमानको पार्किङ्ग ल्याण्डिङ्ग लगाएतको शुल्क वापत जीएमआर हैदराबाद इन्टरनेशनल एयरपोर्ट लिमिटेडलाई साढे दश करोड भारुको चेक दिएको थियो ।
किंगफिशरको खातामा पैसा नभएपछि चेक बाउन्स भएको थयो । चेक बाउन्स भएपछि जिएमआरले किङ्गफिसर एअरलाइन्स विरुद्ध अदालतमा मुद्धा दर्ता गरेको हो ।
यसअघि गत जुनमा पनि इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्ट तथा मुम्बइ इन्टरनेशनल एयरपोर्ट सञ्चलनको जिम्मा पाएको जीविके गु्रपले पनि चेक बाउन्स भएपछि किङ्गफिसर एयरलाइन्स विरुद्धमा मुद्धा दायर गरेको थियो । एअरलाइन्सलाई ठूलो घाटा लागेपछि वित्तीय रुपमा टाट उल्टने क्रममा छ । सन् २०१२ को अप्रिल–जुन तेस्रो त्रैमासमा एअरलाइन्सको घाटा बढेर ६५१ करोड भएको थियो । एअरलाइन्सले विभिन्न बैंकलाई खर्बौं रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।