
कठमाडौं। सिद्धार्थ बैंक र इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आइएफसी) बीच 'ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम' अर्न्तगत सहभागी बैंकको रुपमा सहमति भएको छ। राजधानीको अन्नपुर्ण होटेलमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र आइएफसीका नेपालका लागि आवासीय प्रतिनिधि भ्यालेन्टीनो एस बगतसिंगले हस्ताक्षर गरेका छन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले यो सुविधाले बैंकलाई देशका व्यापार व्यवसायी, साना तथा मझौला व्यवसायी र विभिन्न विकासका परियोजनालाई उपयुक्त सेवा प्रदान गर्न थप मद्दत पुग्ने बताए। सिद्धार्थ बैंकले हाल ४६ शाखा, ४९ शाखारहित सेवा केन्द्र तथा ५६ एटिएम छन्।
चैत्र मसान्तको वित्तिय विवरण अनुसार बैंकको कुल निक्षेप ३२ अर्ब, कुल कर्जा २५ अर्ब, नोक्सानी व्यवस्था अघिको सञ्चालन मुनाफा ८० करोड तथा खुद मुनाफा ३६ करोड रहेको छ।