
काठमाडौं । कतार एअरवेजले काठमाडौंबाट जेद्दा जाने हाजीका लागि विशेष प्याकेजको तयारी गरेको छ । कतार एअरवेजले काठमाडौं–दोहा–जेद्दा जाने यात्रीका लागि दुइतर्फी भाडा ८२ हजार रुपैयाँ तोकेको छ । यो भाडादर काठमाडौंबाट सातदेखि १३ अक्टोवरमा जेद्दा जाने र १७ नोभेम्वरदेखि २७ नोभेम्बरसम्म काठमाडौं फर्कने यात्रीका लागि हो । कतार एअरवेजले काठमाडौं–दोहा रुटमा चार वटा उडान गर्छ भने दोहाबाट जेद्दाका लागि दैनिक दुई उडान छन् ।
नेपालबाट हरेक वर्ष हजका लागि एक हजार मुस्लिमले जेद्दा जाने गर्दछन् । कतार एअरवेजले गत वर्ष ८५८ जना हजयात्रीलाई लगेको थियो । उनीहरुलाई छुट्टै व्यागेज सुविधा, हाजीको खाद्यान्न सुविधा र पानी सुविधा दिने गरेको छ । सुविधाको टिकट ३१ अगस्ट भित्र खरिद गरिसक्नुपर्ने कम्पनीले जानकारी दिएको छ ।