काठमाडौं। चालु आर्थिक बर्षको बैशाख सम्ममा दुई खर्ब ८० अर्ब चार करोड १९ लाख रुपैयाँ राजश्व संकलन भएको छ। यो गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा १९.४५ प्रतिशत बढि हो।
यो आर्थिक बर्षको राजश्व संकलन लक्ष तीन खर्ब ५४ अर्ब ५० करोड रहेकोमा बाँकी दुई महिनामा ७४ अर्ब ५० करोड रुपैयाँ उठाउनु पर्नेछ। बैशाख महिनामा मात्र २७ अर्ब ६२ करोड राजश्व संकलन भएको छ। जुन अघिल्लो बर्षको तुलनामा १५.२० प्रतिशतले बढि हो। बैंशाख सम्ममा संकलित कुल राजश्व रकम मध्ये कर तर्फ दुई खर्ब ४४ अर्ब ९५ करोड र गैरकर तर्फ ३५ अर्ब नौ करोड रुपैयाँ संकलन भएको छ।
