वाणिज्य नीति परिमार्जन गर्ने सरकारको तयारी, निकासी प्रर्वद्धन गर्न गो इन्टरनेशनल पोर्टल सुरु

बिजमाण्डू
२०७१ जेठ १४ गते ००:०० | May 28, 2014
वाणिज्य नीति परिमार्जन गर्ने सरकारको तयारी, निकासी प्रर्वद्धन गर्न गो इन्टरनेशनल पोर्टल सुरु


काठमाडौं । अन्तराष्ट्रिय व्यापार प्रणाली अन्तर्गत निकासीकर्ताको प्रतिस्पर्धी क्षमता बढाउन र नेपालको बढ्दो व्यापार घाटा कम गर्न विद्यमान वाणिज्य नीतिमा सरकारले परिमार्जन गर्ने भएको छ ।
नेपाल उद्योग परिसंघ (सिएनआई)ले मंगलवार आयोजना गरेको राष्ट्रिय व्यापार एकिकृत रणनीति कार्यक्रममा आपूर्ति तथा वाणिज्य मन्त्री सुनीलबहादुर थापाले निकासीका लागि पहिचान भएका वस्तुको अन्तराष्ट्रिय वजारीकरणका लागि पहल गरिने बताए । त्यस्ता वस्तुको सूचनाको आदान प्रदान गका साथै यस क्षेत्रमा संलग्न व्यवसायीको निकासी प्रवद्र्धन क्षमता विस्तार गर्ने उद्देश्यले उनले वेवपोर्टलको समेत सुभारम्भ गरे ।
मन्त्री थापाले अवको व्यवसायको ढाँचा पहिलेको भन्दा फरक भएको र सवै देशको मुख्य ध्यान आर्थिक एवं व्यावसायिक विकासमा नै केन्द्रित भएको बताए । नेपालमा पनि व्यापारका लागि सहयोग नीतिलाई सरकारले प्रभावकारी ढंगले अघि बढाउने समेत उनले बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्रकुमार बस्न्यातले निकासी प्रवद्र्धनलाई प्राथमिकतामा राखि परिसंघले युरोपियन युनियनको सहयोगमा गो इन्टरनेशनल वेवसाइट सुरु गरिएको बताए । उनले यसको मुख्य उद्देश्य निकासीकर्ता र निकासी योग्य वस्तुहरुको क्षमता, गुणस्तर, निकासी प्रकृयामा सुधार जस्ता कार्यक्रम जिल्लास्तरमा पु¥याउनु रहेको बताए ।
युरोपियन युनियनका राजदूत रेन्स्ज। त्रिन्कले युरोपियन युनियनबाट नेपालको शान्ति र सामाजिक विकासको अलावा व्यवसाय विकास र विशेष गरी निकासी प्रवद्र्धनको क्षेत्रमा समेत सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रमको परिसंघका वरिष्ठ उपाध्यक्ष हरिभक्त शर्माले गो इन्टरनेशनल पोर्टलका विषयमा प्रस्तुती दिएका थिए ।

Tata
GBIME
Nepal Life