अस्ट्रियन बाइक केटीएमको एक्सचेन्ज अफर, बधवारसम्म एक्सचेन्ज योजना

बिजमाण्डू
२०६९ भदौ ११ गते ००:०० | Aug 27, 2012
अस्ट्रियन बाइक केटीएमको एक्सचेन्ज अफर, बधवारसम्म एक्सचेन्ज योजना

काठमाडौ । अस्ट्रियन बाइक केटीएमले एक्सचेन्ज अफर ल्याएको छ । यो बाइकको नेपालको अधिकृत बिक्रेता हंशराज हुलास चन्द एन्ड कम्पनीले आजदेखि बधवारसम्म यो एक्सचेन्ज योजना ल्याएको हो । नक्सालमा रहेको यो बाइकको शोरुममा यो सुविधा लिन पाइनेछ । कम्पनीले कुनै पनि मोटरसाइकल लिएर गएर केटिएमको डयुक बाइक लिनसक्नेछन् । उपभोक्ताले लैजाने पुरानो बाइकको अधिकतम मूल्य दिइने कम्पनीले प्रतिवद्धता व्यक्त गरेको छ । यो वाहेक कम ब्याजदरमा फाइनान्सको सुविधा पनि कम्पनीले दिएको छ । यो वाहेक केटिएम बाइक किन्नेले आर्कषक उपहार पनि पाउनेछन् ।

Tata
GBIME
Nepal Life