काठमाडौं । नेपालको सबैभन्दा ठूलो वित्त व्यवस्थापन गर्नुपर्ने संस्था कर्मचारी सञ्चय कोषको प्रशाषकका लागि सार्वजनिक संस्थान निर्देशन वोर्डले कृष्णप्रसाद आचार्य, राधाकृष्ण पोते र सुशील अर्यालको नाम सिफारिस गरेको छ । वोर्डले गरेको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले एक जनालाई प्रशासक नियुक्त गर्छ । यसै साता बस्ने मन्त्रिपरिषद् बैठकले कोषमा प्रमुख प्रशासन नियुक्त गर्ने सम्भावना छ ।
लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा रहेको समितिले गरेको सिफारिसका आधारमा तीन जनाको नाम प्रस्ताव गरिएको हो । सिफारिस गरिएका मध्ये आचार्य र पोते कोषकै कर्मचारी हुन् । पोते कायममुकायम मूख्य प्रबन्धक र आचार्य नायव मुख्य प्रबन्धक हुन् । अर्का प्रत्यासी अर्याल नागरिक लगानी कोषका कायममुकायम मुख्य प्रबन्धक हुन् ।
यसले अधिकांस बैंक वित्तीय संस्थामा निक्षेप राखेको छ । यसवाहे बैंक तथा वित्तीय संस्था, सरकारी संस्थान र जलविद्युत कम्पनीहरुमा पनि कर्मचारी सञ्चय कोषको ठूलो लगानी छ । कोषमा अहिले हसनादेवी शर्मा कामु प्रशासकमा रुपमा कार्यरत छन् । सिफारिशमा परेका पोते र आचार्य कोषमा उनीभन्दा कनिष्ठ हुन् ।
