काठमाडौं। नबिल बैंक लिमिटेडले राजधानीका दुई स्थानमा एटिएम जडान गरेको छ। बैंकले कलङकी र लाजिम्पाटमा एटिएम जडान गरेको हो। नयाँ जडान भएकोसहित बैंकको कुल एटिएम संख्या ८५ पुगेको छ। संख्याका हिसावले अन्य बैंकको तुलनामा नबिलको एटिएम बढी हो। नबिलको ४८ वटा एटिएम राजधानीभित्र र बाँकी ३७ वटा राजधानीबाहिर छन्।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उद्घाटनपछि बैंकको सेवा सर्वसुलभ बनाउन एटिएम जडान गरिएको बताउ।