BIZMANDU
www.bizmandu.com

नबिलले कलङकी र लाजिम्पाटमा एटिएम जडान गर्‍यो, बैंकको एटिएम संख्या ८५ पुग्यो, राजधानीमै ४८ वटा

२०७१ बैशाख ३१

काठमाडौं। नबिल बैंक लिमिटेडले राजधानीका दुई स्थानमा एटिएम जडान गरेको छ। बैंकले कलङकी र लाजिम्पाटमा एटिएम जडान गरेको हो। नयाँ जडान भएकोसहित बैंकको कुल एटिएम संख्या ८५ पुगेको छ। संख्याका हिसावले अन्य बैंकको तुलनामा नबिलको एटिएम बढी हो। नबिलको ४८ वटा एटिएम राजधानीभित्र र बाँकी ३७ वटा राजधानीबाहिर छन्।
नयाँ जडित दुई एटिएमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले गरेका छन्। एटिएमको प्रयोग बैंकका सबै कार्डहोल्डरहरुले गर्न सक्छन्। एटिएममा भिसा, मास्टरकार्ड, युनियनपे, एससिटी कार्ड प्रयोग गर्न सकिन्छ। 
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उद्घाटनपछि बैंकको सेवा सर्वसुलभ बनाउन एटिएम जडान गरिएको बताउ। 
 

Tata
GBIME
Nepal Life