सिटिजन्स बैंक सिइओका पिता शिवमानसिंह भन्डारीको निधन, सोमबार साँझ आर्यघाटमा दाहसंस्कार



२०७१ बैशाख २२ गते ००:००
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत तथा बैंकर्स संघका अध्यक्ष राजनसिंह भन्डारीका पिताको सोमबार निधन भएको छ। केही सातायता विरामी रहेका पिता शिवमानसिंह भन्डारीको ८८ बर्षको उमेरमा निधन भएको हो। 
उनको पार्थिव शरीर सोमबार साँझ सात बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ। स्वर्गीय भन्डारीकी श्रीमतीको निधन अढाइ महिनाअघि भएको थियो। स्वर्गीय भन्डारीका चार छोरा र चार छोरी छन्। 
 

Tata
GBIME