काठमाडौं। आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्माले धेरै कर तिर्ने छ जिल्लाका करदातालाई सम्मान गरेका छन्। महानिर्देशक शर्माले सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, सिराहा र सप्तरीका सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेका हुन्।
आन्तरिक राजस्व कार्यालय लहानले आयोजना गरेको कार्यक्रममामा आयोजित कार्यक्रममा सोलुखुम्वुको हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, ओखलढुंगाको करुणा अर्डर तथा सप्लायर्स र खोटाङको दित्ते्कल ईंगलिस बोर्डिङ स्कुललाई सम्मान गरिएको हो। त्यस्तै उदयपुरको सुवाष आयल विक्री केन्द्र, सिरहाको श्रमजीवि वचत तथा ऋण सहकारी संस्था लिमिटेड र सप्तरीको मल्टिपरपस फाइनान्स कम्पनी लिमिटेडलाई सम्मान गरिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यी छ वटा करदाताले आर्थिक वर्ष २०६८/६९ मा जिल्लामा सबैभन्दा बढी कर तिरेका थिए। उत्कृष्ट करदातालाई महानिर्देशक शर्माले कदर पत्रसहित सम्मान गरे। सम्मानले करदातालाई उत्साहित बनाएको बताउदै महानिर्देशक शर्माले इमान्दारीपूर्वक कर कानूनको पालना गरेमा पुरस्कृत भइने जानकारी दिए। कर प्रशासनले प्रथम कर अधिकृत करदातालाई नै वनाएको र आफ्नो सम्पूर्ण कारोवारको हिसाव आफै राख्ने, विवरण भर्न पाउने व्यवस्थाले करदातालाई विश्वास गरेको एवं सुविधा दिएको उनले बताए।
