त्रिभुवन विमानस्थलबाट ‘सेटिङ’मा कामदार पठाउने क्रम रोकिएन्, छानविन गर्न निर्देशन

बिजमाण्डू
२०६९ भदौ ७ गते ००:०० | Aug 23, 2012

काठमाडौं । त्रिभुवन विमानस्थलबाट ‘सेटिङ’मा कामदार पठाउने क्रम नरोकिएकोमा मुख्यसचिव लीलामणी पौडेलले चिन्ता व्यक्त गरेका छन् । केही दिनअघि भएको एक छलफलमा ‘सेटिङ’बाट कामदार जानेक्रम रोक्ने योजना बनाउन निर्देशन समेत दिएको स्रोतले बतायो ।
वैदेशिक रोजगार विभागले गैरकानुनी काम गर्नेलाई रोक्न सफल भयो तर अहिलेपनि त्रिभुवन विमानस्थलबाट गैरकानुनी कामदार जाने क्रम रोकिएको छैन, उनले भनेका थिए । उनले कुन कुन निकायको मिलेमतोमा गैरकानुनी कामदार गएका हुन तत्कालै अनुसन्धान थाल्न निर्देशन दिएका हुन् ।

Tata
GBIME