सुन कर्जामा आर्कषण, १४ प्रतिशतमा गुडविल र मनकामनाको ऋण

बिजमाण्डू
२०६९ भदौ ७ गते ००:०० | Aug 23, 2012
सुन कर्जामा आर्कषण, १४ प्रतिशतमा गुडविल र मनकामनाको ऋण

काठमाडौं । बैंकसँग तरलता बढ्दै गएपछि र सुनको मूल्य उच्च भएपछि बैंक तथा वित्तीय संस्थाहरूले यो क्षेत्रमा कर्जा प्रवाहलाइ प्राथमिकतामा राख्न थालेका छन् । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले सुन धितो कर्जा योजना सुरु गरेको छ । फाइनान्सले न्युनतम १३.७५ प्रतिशत व्याज दरमा सुनको धितोमा ऋण उपलब्ध गराउने छ । कम्पनीले अधिकतम व्याज दर १६ प्रतिशत तोकेको छ । सुन धितो ऋण कम्पनीको हात्तिसार र इन्द्रचोक शाखाबाट उपलब्ध हुने छ । मनकामना विकास बैंकले पनि न्युरोड शाखाबाट सुनको धितोमा ऋण उपलब्ध गराइरहेको छ । बैंकले कागजात पुगेको दुई दिनभित्र ऋण उपलब्ध गराउने छ ।
 

Tata
GBIME