विदेशीका लागि लचिलो बन्यो राष्ट्र बैंक, सरकारी संस्थानलाई लगानी खुकुलो

बिजमाण्डू
२०६९ भदौ ६ गते ००:०० | Aug 22, 2012
विदेशीका लागि लचिलो बन्यो राष्ट्र बैंक, सरकारी संस्थानलाई लगानी खुकुलो


काठमाडौं । नेपाल राष्ट्र बैंकले एकाघर परिवार, कम्पनी र फर्मका एक जनाभन्दा बढी व्याक्ति सञ्चालक र कार्यकारी प्रमुख पदमा बस्न नपाईने व्यवस्था विदेशीका लागि परिवर्तन गरेको छ । बुधवार निर्देशन जारी गर्दै राष्ट्र बैंकले विदेशी बैंक तथा वित्तीय संस्थाको सहभागितामा स्थापना भएका बैंक तथा वित्तीय संस्थामा भने एक जनाभन्दा बढी संचालक वा कार्यकारी प्रमुख हुन सकने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले नेपाल सरकारको ५० प्रतिशत वा त्यो भन्दा बढी स्वामित्व भएका वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थालाई अन्य बैंक तथा वित्तीय संस्थामा बढीमा २५ प्रतिशतसम्म संस्थापक लगानीका लागि अनुमति दिने भएको छ । यस अघि सरकारी स्वामित्व भएका कर्मचारी संचय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानले बढीमा १५ प्रतिशतसम्म मात्रै लगानीको स्वीकृती पाउँदै आएका थिए ।
राष्ट्र बैंकले असार महिनासम्म पाकेको व्याज साउन १५ सम्म असुल भए त्यसलाई अघिल्लो वर्षकै नाफा नोक्सान हिसावमा जनाउन सक्ने नयाँ निर्देशन दिएको छ । बुधवार राष्ट्र बैंकले निर्देशन जारी गर्दै वर्षान्तपछि प्राप्त व्याजलाई नाफा नोक्सान हिसावमा देखाउन सकिने जानकारी दिएको हो ।
त्यसैगरी राष्ट्र बैंकले खराब कर्जा सम्वन्धी व्यवस्थामा केही परिमार्जन गर्दै ट्रष्ट रिसिप्ट लोन टिआर कर्जामा कडाइ गरेको छ । यसअघि टिआर कर्जा भुक्तानीका लागि अन्य कर्जा प्रवाह भए कालोसूचीमा राख्ने व्यवस्था थियो । यसलाई परिवर्तन गर्दै राष्ट्र बैंकले प्रतितपत्र खोल्दा उल्लेख नगरिएका कर्जामा ऋण प्रवाह गरे खराब कर्जा हुने निर्देशन दिएको छ ।

Tata
GBIME