
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो २३ औं शाखारहित बैकिङ सेवा चितवनको शुक्रनगरमा सुरु गरेको छ । शाखारहित बैंकिङ सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी नरहरि घिमिरेलाई प्रतिनिधि नियुक्त गरिएको छ । उक्त स्थानका स्थानीय वासिन्दा अब आधारभूत बैंकिङ सेवाका लागि बैंक तथा वित्तीय सस्थाका शाखा खोज्दै टाढा टाढा धाउनु नपर्ने भएको छ ।
चितवन उद्योग वाणिज्य सघंका अध्यक्ष कल्याण जोशीले शाखा रहित सेवाको उद्घाटन गरेका हुन् । सोमबार आयोजित कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले व्यवसायीक प्रतिनिधिलाई प्रमाणपत्र हस्तातरण गरे ।
सबै क्षेत्र र बर्गका जनतालाई सेवा पुर्याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले शाखारहित बैैंकिङ सेवा सुरु गरेको हो । सर्वसाधारण माझ आधारभूत बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको सेवा मार्फत रकम जम्मा गर्न, निकाल्न, एउटा खाताबाट अर्को खातामा रकम ट्रान्सफर गर्न, खातामा रहेको रकम हेर्न, मोबाईल रिर्चाज सक्नेलगायतका सुबिधाहरु उपभोग गर्न सकिन्छ ।