प्रभुको पैसा अब कुमारी बैकबाट, देशभरका २८ शाखाबाट भुक्तानी हुने

बिजमाण्डू
२०६९ भदौ ६ गते ००:०० | Aug 22, 2012
प्रभुको पैसा अब कुमारी बैकबाट, देशभरका २८ शाखाबाट भुक्तानी हुने



काठमाडौं । कुमारी बैंक र  प्रभु मनी ट्रान्सफरबीच रेमिट्यान्स व्यवस्थापन गर्न सम्झौता भएको छ । सम्झौता अनुसार प्रभु मनी ट्रान्सफरका माध्यमले नेपाल आउने रेमिट्यान्सलाई कुमारी बैंकका सबै शाखाबाट तत्काल उपलब्ध गराइने छ । कुमारी बैंकका देशभर २८ शाखा छन् । प्रभुका विश्वका विभिन्न भागमा २१ सय एजेन्टहरु छन् । सम्झौतापत्रमा कुमारी बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत उदय उपाध्याय र प्रभुका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र शेरचनले हस्ताक्षर गरे । बिदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्राउदै आएको प्रभु मनि ट्रान्सफरले मलेसिया, अमेरिका तथा खाडी मुलुकसहित नेपाली कार्यरत सबैजसो मुलुकबाट बिभिन्न कम्पनीसँग मिलेर रेमिट्यान्स भित्राउँदै आएको छ ।

Tata
GBIME