काठमाडौं । नेपालका लागि जेसिबि कन्ष्ट्रकसनका हेभी इक्वीपमेन्ट विक्री गर्ने मोरङ अटो वर्क इन्टरप्राइजेजले शनिवार पोखरामा अपरेटर भेलाको आयोजना गरेको छ । भेलामा ५२ जना अपरेटरहरु सहभागी भएको कम्पनीले जनाएको छ ।
कम्पनीले यो कार्यक्रक्मको मूल उद्देश्य अपरेटरलाई मेसिनमा आउनसक्ने समस्याहरुको दीर्३कालीन निरिक्षण र नियन्त्रणको बारेमा ज्ञान र जानकारी दिनू हो । उक्त कार्यक्रममा मेसिन अपरेट गर्दा अपरेटरको र मेसिनको सुरक्षा साथै भविष्यमा आउनसक्ने सम्भावति खतराको कसरी न्युनिकरण गर्न सकिन्छ भनेर जानकारी दिइएको थियो ।
जसको नियमित प्रयोगबा६ मेसिनधनी र अपरेटर दूवैलाई फाइदा हून्छ । सो तालिममा सक्कली पाटपूर्जाको जानकारी तथा प्रयोगका फाइदाबारे अवगत गराउनूका साथै मेसिनको मर्मत सम्भांर खर्च कम गर्ने उपायहरुको बारेमा पनि ज्ञान र जानकारी दिइएको थियो । उक्त अपरेटर भेलामा सहभागि अपरेटरहरुको वरिष्ठ चिकित्सकद्धारा निःशूल्क स्वास्थ परिक्षण गरिएको थियो ।
