अन्तराष्ट्रिय विमानस्थलका लागि दवाव दिन भोली पोखरा विमानस्थल बन्द

बिजमाण्डू
२०६९ भदौ ५ गते ००:०० | Aug 21, 2012
अन्तराष्ट्रिय विमानस्थलका लागि दवाव दिन भोली पोखरा विमानस्थल बन्द

काठमाडौं । पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण तत्काल सुरु गर्न माग गदै भोली पोखरा विमानस्थल बन्द गरिएको छ । बिमानस्थल निर्माणमा ढिलासुसस्ति भएको भन्दै पोखरेलीहरु केही दिनदेखि आन्दोलनमा छन् । मंगलवार मात्र पनि उनीहरुले सिंहदरवार घेराउ गरेका थिए ।
आन्दोलन पछि काठमाडौं–पोखरा सेक्टरका सबै उडानहरु रद्ध हुनेछ  । पोखरामा अहिले यती, बुद्ध र गुण एअरलाइन्सले उडान भरिरहेका छन् । पोखरा–जोमसोम रुटमा तारा एअरले उडान गर्दै आएको छ ।
नेपाल उडड्यन प्राधिकरणले पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि २०६८ माघ २६ गते इपिसि मोडलबाट प्रक्रिया अघि बढाएको थियो । तीन चिनियाँ कम्पनीमध्ये सिएएमसिइको सवैभन्दा थोरै मूल्यको टेण्डर परेको थियो । सिएएमसिईले पनि प्राधिकरणको अनुमानित १५ अर्वभन्दा १२ अर्व रुपैयाँ बढि २७ अर्बको टेण्डर हालेको थियो ।
२७ अर्व रुपैयाँको टण्डेर स्वीकृत गर्दा पोखरा बिमानस्थलको लागत महँगो पर्ने भन्दै प्राधिकरण कर्मचारी यूनियनले विरोध गरेपछि प्रक्रिया रोकिएको छ । ३८ वर्ष अघि पोखराको छिनेडाँडामा तीन हजार एक सय रोपनी जग्गा अधिग्रहण गरिए पनि अहिलेसम्म विमानस्थल बन्न सकेको छैन ।

Tata
GBIME
Nepal Life