ग्रान्डको ४.७५ % नगद पारित, १९ % संस्थापक सेयर सर्वसाधारणमा, खत्रीलाई सेयरधनीको ‘धन्यवाद’



२०७० चैत्र ७ गते ००:००
ग्रान्डको ४.७५ % नगद पारित, १९ % संस्थापक सेयर सर्वसाधारणमा, खत्रीलाई सेयरधनीको ‘धन्यवाद’


काठमाडौं। ग्रान्ड बैंक नेपालको १३औं बार्षिक साधारणसभाले गत बर्षको नाफाबाट ४.७५ प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको छ। सभाले चालु बर्षको लेखा परीक्षण गर्नका लागि लेखा परीक्षकमा टि पनेरु एन्ड कम्पनीलाई पुनः नियुक्त गरेको छ। सभाले १४ बर्षसम्म बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रहेका सुधिर खत्रीलाई अतुलनीय योगदान पुर्‍याए वापत 'धन्यवाद प्रस्ताव' पनि पारित गरेको छ। खत्रीले चैत ९ गतेदेखि लागू हुने गरी एक महिनाअघि बैंकबाट राजिनामा गरिसकेका छन्।
सभाले संस्थापक र सर्वसाधारण सेयर स्वामित्वको संरचना परिवर्तन गर्ने प्रस्ताव पनि पारित गरेको छ। बैंकले १९ प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा लैजाने प्रस्ताव गरेको थियो। प्रस्ताव पारितसँगै बैंकको संस्थापकमा ५१ प्रतिशत र सर्वसाधारणमा ४९ प्रतिशत सेयर हुने छ। 
साधारणसभामा बैंक व्यवस्थापनले बैंकका सहायक प्रबन्धक सुशील मानन्धरलाई बर्षको उत्कृष्ट कर्मचारी घोषणा गर्दै कदर पत्र र नगद पुरस्कार प्रदान गरिएको थियो। बैंकका २२ शाखा, त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्सटेन्सन काउन्टर रहेको छ। बैंकले पुस समान्तसम्म १९ अर्ब ९४ करोड निक्षेप संकलन गरेको छ भने १५ अर्ब ३९ करोड कर्जा लगानी गरेको छ। बैंकले १४ करोड ८३ लाख सञ्चालन नाफा गरेको छ। 
 

Tata
GBIME