फोर्डको फिगो र फियस्टामा समस्या, गाडी मर्मतका लागि फिर्ता, नेपालमा पनि मर्मत हुने

बिजमाण्डू
२०६९ भदौ ४ गते ००:०० | Aug 20, 2012
फोर्डको फिगो र फियस्टामा समस्या, गाडी मर्मतका लागि फिर्ता, नेपालमा पनि मर्मत हुने

नयाँदिल्ली । सबैभन्दा बढी विक्री भएको फिगोसहित एक लाख २८ हजार गाडीको परीक्षण गर्ने निर्णय फोर्ड इण्डियाले गरेको छ । फोर्डका फिगो र फियस्टा गाडीमा स्टेयरिङ र पछिल्लो भागको सस्पेन्सनमा समस्या आएपछि कम्पनीले गाडी परीक्षणका लागि फिर्ता गर्ने घोषणा गरेको हो ।
फिगो र फिस्टा नेपालमा विक्रि गर्ने गो फोर्डले पनि एक सय गाडीको मर्मत सुरू भएको जानकारी दिएको छ । गाडी फिर्ता गर्ने निर्णयले सन् २००८ देखि २०१० र सेप्टेम्वर २०१० देखि फेबु्रअरी २०११ का विभिन्न ब्याचका गाडीलाई असर गर्नेछ ।
गो फोर्डका प्रवन्ध निर्देशक आकाश गोल्छाले त्यो अवधिमा नेपालमा एक सय गाडी विक्री भएको र ती गाडीको नेपालमा मर्मत सुरू भएको जानकारी दिए ।
कम्पनीले यी अवधिका केही गाडीको पछिल्लो भागको सस्पेन्सन बीममा समस्या आउने जानकारी दिएको छ । सुरुमा नोइज सिस्टमले काम गर्न बन्द गरेपछि गाडी चलाउन समस्या आउने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी फिगो र फियस्टाको पावर स्टयरिङ्ग होजमा पनि समस्या आएको छ । यसमा समस्या आएपछि तेल चुहिने लगायतको समस्या देखिने कम्पनीले जानकारी दिएको छ । समस्या आएका गाडीको कम्पनीले निशुल्क मर्मत गरिदिने छ । समस्या आएका गाडीको निशुल्क मर्मत गरिने ‘फिल्ड सर्भिस एक्सन’ जुलाइ २३ तारिखबाट नै सुरु भएको कम्पनीले जानकारी दिएको छ ।
सस्पेन्सनसम्वन्धी समस्याका लागि कम्पनीले एक लाख ११ हजार गाडीको परीक्षण गर्ने छ भने १७ हजार ६५५ गाडीको स्टेयरिङको समस्या परीक्षण गरिनेछ । समस्या आएका गाडीमा पार्टस भने परिवर्तन गर्न नपर्ने जानकारी दिइएको छ । भारतमा यस अघि सन् २००९ मा मारुती सुजुकीले एक लाख ए–स्टारको फ्युल पम्प ग्यास्केट परिवर्तन गरिदिएको थियो । गतवर्ष टोयोटा र्किलोस्कर मोटरले पनि ४१ हजार इटोस सेडान कारको फुयुल टंयाकसम्म पुग्ने इनलेट पाइपलाई परिवर्तन गरेको थयो । गतवर्ष होन्डा सिल कारले ७२ हजार ११५ गाडीको पावर वीन्डो परिवर्तन गरेको थियो ।

Tata
GBIME
Nepal Life