विमान मर्मत सम्भार समयमै गरेपछि यतीले प्राप्त गर्यो एनसीएआर प्रमाणपत्र

बिजमाण्डू
२०६९ भदौ १ गते ००:०० | Aug 17, 2012
विमान मर्मत सम्भार समयमै गरेपछि यतीले प्राप्त गर्यो एनसीएआर प्रमाणपत्र


काठमाडौ । यती एयरलाइन्सले एनसीएआर १४५ प्रमाणपत्र पाएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणबाट यो प्रमाणपत्र पाएको हो । यो प्रमाणपत्र पाउने यती पहिलो एयरलाइन्स भएको कम्पनीले दावी गरेको छ । विमान मर्मत सम्भार समयमै गर्ने कम्पनीको रुपमा यो प्रमाणपत्र पाएको हो । कम्पनीका अनुसार युरोपियन एभिएसन सेफ्टी एजेन्सी(ईएसए)ले सार्क विमान मर्मतसम्भारका लागि निश्चित गरेको मापदण्ड पूरा गरेकोले प्राधिकरणले यो प्रमाणपत्र दिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यतीको अहिले सातवटा अत्याधुनिक जेटस्ट्रिम–४१ विमानबाट उडान गरिरहेको छ । कम्पनीले प्रत्येक वर्ष पाँच लाखभन्दा बढी यात्रुलाई सेवा दिएको दावी गरेको छ ।

Tata
GBIME
Nepal Life