नेप्सेमा थपिए तीन बैंक, गुल्मी र कञ्चनको कारोवार सुरु, टुरिजमको खाता पनि खुलेन

बिजमाण्डू
२०६९ साउन ३२ गते ००:०० | Aug 16, 2012

काठमाडौं । विहिवार नेप्सेमा तीन विकास बैंकको सेयर सूचीकृत भयो । कञ्चन विकास बैंकको १० लाख कित्ता, गुल्मी विकास बैंकको साढे दुइ लाख कित्ता र टुरिजम डेभलपमेन्ट बैंकको ६४ लाख कित्ता सेयर सूचीकृत भएको हो । बुधवार कञ्चन र गुल्मी विकास बैंकको प्रतिसेयर दुई सय रुपैयाँमा कारोवार भयो । टुरिजम डेभलपमेन्ट बैंकको कुनै पनि कारोवार हुन सकेन । पहिलो दिन गुल्मी विकास बैंकको एक सय ३ कित्ता सेयर २० हजार छ सय रुपैयाँमा कारोवार भयो ।
त्यसैगरी प्रतिकित्ता दुई सय रुपैयाँमा कञ्चन विकास बैंकको तीन सय ४५ कित्ता सेयर कारोवार भयो । बैंकको पहिलो कारोवार ६९ हजार रुपैयाँको थियो । विहिवार स्टकमा सूचीकृत भए पनि टुरिजम डेभलपमेन्ट बैंकको कुनै पनि खाता खुल्न सकेन ।

Tata
GBIME