डाबरको विद्यार्थी प्रोत्साहन गर्ने योजना, रियल स्कुल अफ नेपाल प्रतियोगिता

बिजमाण्डू
२०६९ साउन ३२ गते ००:०० | Aug 16, 2012

काठमाडौ । डाबर नेपालको रियल जुसले विद्यालय स्तरका विद्यार्थीको प्रतिभालाई प्रोत्साहित गर्न ‘रियल स्कुल अफ नेपाल–२०१२’ प्रतियोगिता सञ्चालन गर्ने भएको छ । प्रतियोगिता पूर्वाञ्चल, पश्चिमाञ्चल, मध्यमाञ्चलमा सञ्चालन भएर काठमाडौंमा सकिने कम्पनीले जनाएको छ । कम्पनीले नेपालभरका विभिन्न विद्यालयका विद्यार्थीलाई आफ्नो प्रतिभा देखाउन र एक अर्कासँग अन्तरक्रिया गर्ने अवसर दिन यो प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ ।
क्षेत्रगत रुपमा २० वटा विद्यालयले एक–अर्कासँग प्रतिस्पर्धा गर्नेछन् र हरेक क्षेत्रबाट एक विजेता विद्यालय घोषणा गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अन्तिम चरणमा हरेक क्षेत्रको विजेता विद्यालयबीच प्रतिस्पधा हुनेछ ।
यो प्रतियोगिता यही भदौ ६ गते विराटनगरबाट सुरु हुनेछ ।  प्रतियोगितामा कक्षा ८, ९ र १०का विद्यार्थीले एक्सटेम्पोर, नृत्य, फुटबल र जगलिङमा सहभागिता जनाउन पाउनेछन् भने कक्षा ५, ६ र ७का विद्यार्थीले पेन्टिङ, तीन मिनेटको अफ फेम, स्कोर द रियल गोलमा सहभागी हुनसक्ने कम्पनीले जनाएको छ ।

Tata
GBIME
Nepal Life