टर्किस जिन्स कोलिन्स काठमाडौंमा (तस्वीर समाचार)

बिजमाण्डू
२०६९ साउन ३१ गते ००:०० | Aug 15, 2012
टर्किस जिन्स कोलिन्स काठमाडौंमा (तस्वीर समाचार)



काठमाडौं । युरोपको प्रसिद्ध ब्राण्ड कोलिन्सका जिन्सहरु अब काठमाडौंमा पनि उपलब्ध हुन थालेको छ । रिर्चाम प्रा.लीले टर्किस जिन्स कोलिन्स पहिलो पटक  काठमाडौंमा विक्री गर्न लागेको हो ।

Tata
GBIME


काठमाडौंको सिटीसेन्टरस्थित रोदीमुडको शोरुमबाट कोलिन्स जिन्स उपलब्ध हुने कम्पनीका सञ्चालक अखिलकुमार चापागाईले जानकारी दिए ।


शोरुममा अहिले युवा, महिला र बालबालिकाका क्याजुअल ड्रेसहरु उपलब्ध छन् । कोलिन्सका क्याजुअल ड्रेसहरु न्युनत्तम १५ सय रुपैयाँदेखि अधिकत्तम नौ हजार रुपैयाँसम्मका छन् ।


कोलिन्स, जिन्सका लागि विश्वमा सबैभन्दा प्रसिद्ध कम्पनी हो  टर्किस परिवार इरोग्लुले सन् १९८३ मा कोलिन्सको सुरुवात गरेका थिए । कम्पनीले अहिले ३२ देशमा ६७० वटा स्टोरबाट कोलिन्सका कपडाहरु्र विक्री गर्छ ।


कम्पनीमा तीन हजार कामदारले काम गर्छन, सन् २०१५ सम्म कम्पनीले विश्वको सबैभन्दा ठूलो र लोकप्रिय रेडिमेड गारमेन्ट बन्ने लक्ष्य लिएको छ । कम्पनीले सन् २०१५ सम्म ५० देशमा कोलिन्सका उत्पादन विक्री गर्ने, १२ सय स्टोर खोल्ने र १० हजार कामदारलाई रोजगारी दिने लक्ष्य राखेको छ ।


रिर्चाम कम्पनीले अर्को टर्किस कम्पनी रोदीमुडका समेत क्याजुअल डे«स विक्री गर्दै आएको छ ।