काठमाडौं । आइसिएफसी फाइनान्सले रसुवाको कालिकास्थानमा नवौं शाखा विस्तार गरेको छ । कम्पनीको ८ वटा एटिएम छन् । नयाँ शाखाबाट ग्रामिण भेगका जनताहरुलाई समेत भरपर्दो र बिश्वसनिय सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ । फाइनान्सले ३ अर्ब ३८ करोड निक्षेप संकलन र २ अर्ब ६२ करोड ऋण लगानी गरेको छ ।
