ओलम्पिक : ४५० पाउण्डको स्वर्ण, तर त्यसै कहाँबाट आउँछ ?

बिजमाण्डू
२०६९ साउन २३ गते ००:०० | Aug 7, 2012
ओलम्पिक : ४५० पाउण्डको स्वर्ण,  तर त्यसै कहाँबाट आउँछ ?


लण्डन । लण्डनमा ओलम्पिक चलिरहेको छ र यत्रतत्र चर्चा मेडलको छ, चीन, अमेरिकाले मेडलमाथि मेडल थपिरहेका छन्, नेपालका खेलाडी आफ्नै किर्तीमान सुधार गरेर घर फर्किए । नेपालीले मेडल ल्याएनन् प्रसङ्ग यहीं सकियो तर जसले मेडल लगेका छन्, उनीहरुले कति मूल्यको मेडल लगे होलान र त्यसका लागि कति चुकाए होलान् ।
यहाँ चर्चा गर्न लागिएको मेडलको मूल्य सम्मान र गरिमासँग जोडिएको मूल्य होइन, त्यसको मूल्य हो मेडल बनाउन लागेको धातू र त्यसको खर्च । ओलम्पिकमा दिइने स्वर्ण पदक बनाउनका लागि छ ग्राम सुनको प्रयोग गरिएको छ, बाँकी सबै धातु चाँदी हो । सय प्रश्नको एउटै जवाफ स्वर्ण पदकको मूल्य हो, ४५० पाउण्ड अर्थात ६३ हजार रुपैयाँ ।
तर त्यही ४५० पाउण्डको स्वर्ण पदक लिनका लागि राष्ट्रको थोरै सम्पत्ति भने सकिएको हुँदैन । बेलायतले  सन् २००० को सिड्नी ओलम्पिकमा ११ वटा स्वर्ण पदक जित्यो । त्यसको चार वर्ष अघि बेलायतले एटलाण्टा ओलम्पिकमा जम्मा एउटा स्वर्णसहित १५ वटा पदक जितेको थियो ।
सिड्नी ओलम्पिकमा ११ स्वर्ण, १० रजत र सात काँस्य पदक जित्नका लागि बेलायतले छ करोड पाउण्ड खर्च गरेको थियो । सन् २००४ को एथेन्स ओलम्पिकमा बेलायतले नौ स्वर्ण, नौ काँस्य र १२ रजत गरी ३० पदक जित्यो त्यसका लागि बेलायतले सात करोड पाउण्ड खर्च गरेको थियो ।
बेलायतले सन् २००८ को बेइजिङ ओलम्पिकमा ४७ वटा पदक जितेको थियो त्यसमध्ये १९ वटा स्वर्ण थिए, त्यो वर्ष बेलायतले २३ करोड ५० लाख पाउण्ड खर्च गर्यो । अर्थात एथेन्स ओलम्पिकको तुलनामा बेलायतले बेइजिङ ओलम्पिकमा तीन गुणा बढी खर्च ग¥यो, नौ स्वर्णको संख्या पनि बढेर १९ पुग्यो ।
लण्डन ओलम्पिकमा बेलायतले अहिलेसम्म १९ स्वर्णसहित ४३ पदक जितेको छ, त्यसका लागि बेलायतले २६ करोड ४० लाख पाउण्ड अर्थात ३७ अर्ब रुपैयाँ खर्च गरेको छ । यस हिसावले १९ स्वर्ण वापत बेलायतले आठ हजार ५५० पाउण्डको स्वर्ण जितेको छ तर बेलायतले सम्मान र गरिमाका लागि मात्रै ३७ अर्ब खर्च गर्यो ।

अर्थात बेलायतले स्वर्ण जित्नकै लागि खेलाडीको तालिम, भत्ता लगायतमा खर्च बढायो, यसले ओलम्पिकमा बेलायतको प्रदर्शन पनि सुधार हुँदै गयो । युनिभर्सिटी अफ साल्टफोर्डका प्रोफेशर तथा खेल अर्थशास्त्री डेभिड फोरेष्टले भने, हामीले १६ करोड ५० लाख पाउण्ड अतिरिक्त खर्च गर्यों, १७ अतिरिक्त मेडल पनि ल्यायौं । अर्थात ४५० पाउण्डको मेडल ल्याउन बेलायतले एक करोड पाउण्डको खर्च गर्यो । ओलम्पिकका लागि बेलायतले गर्ने ठूलो लगानीको हिस्सा राष्ट्रव्यापी चिठ्ठा कार्यक्रमबाट आउँछ ।

ओलम्पिक खर्चको ६० प्रतिशत हिस्सा चिठ्ठाबाट आउँछ, बाँकी ४० प्रतिशत हिस्सा सरकारको खाताबाट आउने गरेको छ । सरकारी खर्चको ४० प्रतिशत अर्थात प्रत्येक वर्ष एक जना बेलायती नागरिकको हिस्सामा ओलम्पिकका लागि ८० पेन्सको खर्च आउँछ । यसबाहेक स्पोन्सरबाट पनि वर्षमा ७० लाख पाउण्ड ओलम्पिकका लागि आउने गरेको छ । र जति धेरै पैसा जुन खेलका लागि छुट्टाइएको छ, बेलायतीहरुले त्यही खेलमा बढी पदक जितेका पनि छन् ।
जस्तो बेइजिङ ओलम्पिकमा बेलायतले एथलेटिक्स, साइकिलिङ, तैराकी र स्वीमिङमा सबैभन्दा धेरै खर्च गर्यो, यही खेलबाट बेलायतले ४७ पदकमध्ये ३६ वटा पदक पायो । त्यस्तै अहिले लण्डन ओलम्पिकमा पनि भैरहेको छ । बीबीसी

Tata
GBIME
Nepal Life