ग्रान्डको नगद लाभांशमा सेयरधनीको चिसो प्रतिक्रिया, मंगलवार प्रतिसेयर नौ रुपैयाँ झर्यो

बिजमाण्डू
२०६९ साउन २३ गते ००:०० | Aug 7, 2012
ग्रान्डको नगद लाभांशमा सेयरधनीको चिसो प्रतिक्रिया, मंगलवार प्रतिसेयर नौ रुपैयाँ झर्यो


काठमाडौं । गतवर्षको मुनाफाबाट साढे सात प्रतिशत नगद लाभांश दिने घोषणा गरकै दिन ग्रान्ड बैंकका सेयरहोल्डले नेपाल स्टक एक्सचेञ्जमा प्रतिकित्ता नौ रुपैयाँ गुमाए । सोमवार मात्रै ग्राण्ड बैंकले नयाँ अध्यक्षका रुपमा स्वरुप गुरुङ कोनेको घोषणा, नयाँ सञ्चालक समितिको चयन र गत आर्थिक वर्षको नाफाबाट साढे सात प्रतिशत नगद लाभांश दिने लक्ष्य घोषणा गरेको थियो ।
लगानीकर्ताहरु ग्रान्ड बैंकको घोषणामा सन्तुष्ट नभएपछि मंगलवार सेयर मूल्य साढे चार प्रतिशतले तल झर्दै प्रतिकित्ता १९२ रुपैयाँमा कारोवार भयो । मंगलवार ग्रान्ड बैंक सबैभन्दा बढी गुमाउने पाँच कम्पनी भित्र पर्यो । मंगलवार ग्रान्ड बैंकको ८८ कारोवारबाट १६ हजार ८९० कित्ता सेयर ३२ लाख ४५ हजार ६२२ रुपैयाँमा कारोवार भयो ।  मंगलवार सबैभन्दा बढी सूर्य लाइफ इन्सुरेन्सका सेयरधनीले प्रतिसेयर १३ रुपैयाँ गुमाए, त्यसैगरी आइएलएफसीका सेयरधनीले १५ रुपैयाँ हामाका सेयरधनीले प्रतिसेयर १५ रुपैयाँ र नेपाल बंगलादेश बैंकका सेयरधनीले पाँच रुपैयाँ गुमाए ।
मंगलवार सिटी डेभलपमेन्ट बैंक, सगरमाथा इन्सुेन्स, किस्ट बैंक, प्राइम लाइफ इन्सुरेन्स र भ्याली फाइनान्सका सेयरधनीले भने कमाए । मंगलवार पनि नेप्से ०.९८ विन्दुको सुस्त गतिमा बढेर ४०४.१३ अंकमा आइपुग्यो ।
होटल, जलविद्युत, उत्पादन र अन्य समूहको नेप्से सूचकांकमा वृद्धि देखियो भने बैंकिङ, विकास बैंक, फाइनान्स र इन्सुरेन्स समूहको सूचकांक घट्यो ।

Tata
GBIME